काठमाडौं – गायक तथा सर्जक फणीन्द्र ठकुरी एसियाली युवा प्रोत्साहन अवार्डबाट सम्मानित भएका छन्।
गीतसंगीत क्षेत्रबाट समाजका विभिन्न समुदायमा योगदान पुर्याएको भन्दै गायक ठकुरीलाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड २०१८’ बाट सम्मान गरिएको हो। लामो समयदेखि गीतसंगीतप्रति देखाएको जिम्मेवारीको कदर गर्दै उनलाई सम्मान गरिएको हो।
काठमाडौंस्थित राष्ट्रिय सभागृहमा शनिबार ग्लोबल युथ पार्लियामेन्ट नेपालद्वारा आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को कार्यक्रममा सभामुख महराले गायक ठकुरीलाई एसियन युथ इन्स्प्रियसन अवार्ड २०१८ बाट सम्मान गरेका हुन् ।
कार्यक्रममा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै विभिन्न देशका युवा सहित अन्य विभिद क्षेत्रमा योगदान गर्ने सात जना युवाहरुलाई पनि सम्मान गरिएको छ।
त्यसैगरी भारत, भुटान, बंगलादेश, श्रीलंका, ताइवान, फिलिपिन्स, कम्बोडिया, भियतनाम, मलेसिया, थाइल्याण्ड र सिंगापुरबाट सामाजिक कार्यक्रममा क्रियाशील एक–एक जना युवालाई एसियाली युवा प्रोत्साहन अवार्ड समेत प्रदान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।