• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

नायिकालाई पारिश्रमिककै पिरलो

64x64
नेपाल लाइभ शनिबार, साउन २६, २०७५  १०:१७
1140x725

काठमाडौं– कलाकारहरुको पारिश्रमिकका विषयमा बेलाबेला नेपाली सिनेबजार मज्जाले तात्तिने गरेको छ। स्टार कलाकारहरु नयाँ फिल्ममा अनुबन्ध भएसँगै पारिश्रमिकको विषयले सञ्चारमाध्यममा समेत ठाउँ पाउँछ। कतिपय अवस्थामा पारिश्रमिककै विषयलाई लिएर फिल्म निर्माता र कलाकारबीच तिक्तता आएका उदाहरण पनि छन्।

पारिश्रमिकका सम्बन्धमा नेपाली फिल्म बजार दुई पक्षमा विभाजित छ। एकातिर  प्रचारमुखी र आधारहीन पारिश्रमिकको चर्चा र अर्कातिर वास्तविक पारिश्रमिकको विषयमा अड्कलबाजी। बजारमा जति प्रचारमुखी विषयले प्राथमिकता प्राप्त गर्ने गरेका हुन्छन्, त्यति नै वास्तविक पारिश्रमिकको हकमा सूचना प्रवाह हुन सकेको छैन। अर्थात्, लेनदेन एकातिर र प्राप्त हुने सूचना अर्कातिर।

एउटा फिल्म बनाउन कम्तीमा ६० लाख देखि ३ करोड ५० लाख रुपैयाँसम्म खर्च हुन्छ। समयानुकूल मूल्यवृद्धिसँगै कलाकारहरुको पारिश्रमिक पनि बढेको छ। नेपाली फिल्मको बजार र दर्शकको रुचिलाई हेर्दा ठूलो लगानी गरेका फिल्मलाई पनि नाफा कमाउन निकै गाह्रो छ। एकाधबाहेक नेपाली फिल्मको ‘बक्सअफिस कलेक्सन’ दयनीय रहेको निर्माता तथा चलचित्रसंघका अध्यक्ष प्रदिपकुमार उदयको भनाइ छ। उनी भन्छन् ‘ उद्योगमा फिल्म मेकीङको होड चलेपनि सफलता प्राप्त गर्ने फिल्म कमै मात्र छन्।’

बजारमा आउने पारिश्रमीकका सम्बन्धमा ‘डेब्यु फिल्ममै १०, १५, ३५, ५० लाख’ टाइपका प्रचारमुखी सूचना बाहिरिने गरेका छन्। तर यथार्थमा त्यो हुन्न। सञ्चारमाध्यमा आउने पारिश्रमिकका हल्ला सत्य नहुने बताउँन्, कलाकार किरण केसी। ‘बजारमा फैलने हल्लालाई ३५ प्रतिशत घटाएर बुझ्नुस्, पारिश्रमिक कति हो भन्ने लगभग थाहा भइहाल्छ।’

भर्खरै मात्र फिल्म ‘शत्रुगते’ निर्माण गरेका किरणले अभिनेत्री प्रियंका कार्की, आँचल शर्मा, दीपाश्री निरौला लगायतलाई अभिनय गराएका थिए। तर आफूले अभिनेत्रीहरुलाई दिइएको पारिश्रमिकबारे भने केसीले पनि खुलाउन चाहेनन्। 

किरण एक प्रतिनिधि पात्र मात्र हुन्। पारिश्रमिकबारे न कलाकारले मुख खोल्छन् न त निर्माताले बताउन चाहन्छन्। अझ कलाकार त भन्छन्, ‘व्यक्तिगत कुरा खुलाउन मिल्दैन।’ पारिश्रमिक नखुलाए पनि अभिनेत्री र अभिनेताबीचको पारिश्रमिक भिन्नता भने तिनको असन्तुष्टिबाट व्यक्त हुने गरेको छ। हल्लालाई मान्ने हो भने अभिनेताको उच्चतम पारिश्रमिक ५० लाख हुँदा अभिनेत्रीहरुमा मात्र १०–१५ लाखमा सीमित छन्। 

यसरी पारिश्रमिक विभिदका सम्बन्धमा अभिनेत्रीहरुको आ–आफ्नो बुझाई र दृष्टिकोण रहको छ। अभिनेत्री वर्षा शिवाकोटीको अनुभवमा अभिनेता–अभिनेत्रीबीच परिश्रमिक  विभेद रहेको छ। उनि भन्छिन् ‘विभेद छ तर  दुःखी नै हुनुपर्ने अवस्था छ जस्तो लाग्दैन,’ उनी थप्छिन्, ‘अभिनेत्रीहरुको अभिनय यात्रा अलि छोटो हुन्छ, यस अर्थमा अभिनयबाहेक वैकल्पिक काम नगरी जीवन जीउन सहज छैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै पुरानो पुस्ताकी कलाकार मिथिला शर्मा त पारिश्रमिकमा विभेद पहिलेबाटै रहेको बताउँछिन्। ‘यो नयाँ मुद्दा त होइन, पहिलाबाटै थियो,’ उनको बुझाइ छ, ‘यो विषय पैसामा मात्र सीमित हुन्न, कलाकारको स्टारडममा पनि भर पर्छ। कुनै समय मैले विपना थापाले अभिनेता भन्दा बढी पारिश्रमिकमा काम गरेको समाचार पढेकी थिएँ।’ 

मिथिलाका कुरा पत्याउने हो भने पारिश्रमिक लिंग हेरेर होइन काम हरेर दिइने हो। तर पारिश्रमीक विभेदको प्रशंगलाई अभिनेत्री रेखा थापा भने स्विकार गर्दिनन्। आफ्नो अभिनय यात्रामा धेरै जसो अभिनेता भन्दा बढी पारिश्रमिक लिएको सम्झदै भन्छिन्,‘पछिल्लो समय कलाकारहरुको पारिश्रमिकमा त्यती विभेद छ जस्तो लग्दैन तर बजारमा आउने पारिश्रमीक सम्बन्धी समाचारहरु त्यती प्रमाणिक छन् जस्तो लाग्दैन।’

रेखा जस्तै आँचल शर्मालाई पनि पारिश्रमिकमा ठूलो भिन्नता छ जस्तो लाग्दैन। आफूले काम गरेका फिल्महरुमा अभिनेता–अभिनेत्रीबीचको पारिश्रमिकमा खासै अन्तर नपाएको उनी बताउछिन्। आफ्नो ४ वर्षे अभिनय यात्रा र प्राप्त पारिश्रमिकबाट सन्तुष्ट छिन् उनी। 

अभिनय गरेर मात्र जीवन निर्वाह गर्न सकिएला त? भन्ने प्रश्नमा उनको जवाफ केही घुमाउरो छ। भन्छिन्, ‘आजसम्म अभिनयबाट प्राप्त आम्दानी बचत गरेर राखेकी छु, व्यक्तिगत खर्च बाबाले गरिदिँदै हुनुहुन्छ। यदि त्यसो नभएको भए चाहिँ धेरै गाह्रो हुन्थ्यो होला।’ 

यही कूटनीतिक जवाफबाट प्रस्ट हुन्छ, फिल्मको पारिश्रमिकबाट उनी पूर्ण रुपमा सन्तुष्ट छैनन्। त्यसैले उनको रोजाइ फिल्मभन्दा पहिले म्युजिक भिडियो नै पर्ने गरेको छ। ‘फिल्ममा वर्षभरिमा प्राप्त हुने आम्दानी केही म्युजिक भिडियोबाट प्राप्त हुन्छ,’ यही भनाइबाट बुझ्न सकिन्छ आँचलमा फिल्मभन्दा म्युजिक भिडियोको मोह पनि ज्यादा छ।

नेपाली सिनेमालालाई नजिकबाट नियाल्ने हो र भ्रामक समाचारहरुलाई छोडेर नेपाली अभिनेत्रीहरुको पारिश्रमिक दर हेर्ने हो भने १ लाख देखी ५ लाख सम्म रहेको स्रोतको दावी छ। तर साम्राज्ञी राज्यलक्ष्मी शाह र नम्रता श्रेष्ठको हकमा भने उनिहरु स्रोतको दावी भन्दा अग्रपंक्तिमा  रहेको यस अघि प्रकासित समाचारहरुले पुष्ठी गरेको पाइन्छ । 

अघिल्लो शुक्रबार अघि प्रदर्शनमा आएको कायरामा अभिनेत्री साम्रज्ञीले अहिले सम्मकै सर्बाधिक बढी रु १० लाख लिएको समाचारहरु प्रकाशित भए। यसैगरि गतहप्ता छायांकन सकीएको फिल्म प्रशादका लागि अभिनेत्री नम्रता श्रेष्ठले १५ लाख लिएको फिल्मका लेखक शुसील पौडेलले बताएका। तर उनको भनाईमा सतप्रतिशत सत्यता विश्वास गर्ने आधार भने पाइन्न। तर नम्रताले जति लिएपनि उनले पारिश्रमिकसहित केही केही फिल्मको सेयरनै लिएर आफ्नो उपस्थितिलाई आर्थीक हिसावमा बलियो बनाउने प्रयास गरेकी हुन्छिन्। 

यसै गरि अभिनेत्रीहरु प्रियंका कार्की, रेखा थापा, वर्षा शिवाकोटी, सुरक्षा पन्त, वर्षा राउत, स्वस्तिमा खड्का, केकी अधिकारी, वेनिशा हमाल जस्ता अभिनेत्रीहरुपनि ५ लाख सम्मको पारिश्रमिक बुझ्ने कलाकारको लिस्टमा अटाउने गरेका छन्।

यसरी नाम चलेका युवा स्टार अभिनेता र अभिनेत्रीहरुको पारिश्रमिकमा पनि आकाश–पातालको फरक रहेको पाइन्छ। अनमोल केसी, प्रदीप खड्का, दयाहाङ राई, खगेन्द्र लामिछाने, सौगात मल्ल लगायतका अभिनेताको पारिश्रमिक १५ लाखभन्दा माथि रहेको छ। 

यस सम्बन्धमा नेपालमा विभेद चलिरहेको स्विकार्दैै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पारिश्रमिक वृद्धिका लागि अभिनेत्रीहरु नै जुर्मुराउनुपर्ने तर्क राख्छिन्।
दीपाका अनुसार फिल्म उद्योगमा प्रायः अभिनेत्रीहरु थोरै पारिश्रमिकमा पनि काम गर्न तयार हुन्छन्। पारिश्रमिकमा पुरानै प्रवृत्ति पनि उतिकै हाबी छ। दीपा थप्छिन्, ‘अभिनेत्रीहरुले आफूलाई डिमान्डेड बनाउन सक्नुपर्दछ, आफुलाई कसरी रिजर्भ गर्न सकिन्छ त्यतातिर पनि लाग्नुपर्छ।’ 

दीपाले भनेझैं पछिल्लो वर्ष अभिनेत्रीहरु पारिश्रमिकका लागि डिमान्डेड नभएका होइनन्।   यस मामलामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी भन्छिन्, ‘पारिश्रमिक र अभिनय फरक फरक विषय हुन्। तर काम गर्दै जाँदा त्यसको प्रभावकारितामा पारिश्रमिकले पनि उतिकै भूमिका निर्वाह गर्दो रहेछ। यो कुरा मलाई काम गर्दै जाँदा महशुस भयो।’  एउटी अभिनेत्री भएर अभिनेत्रीको दर्जामा आफूलाई उभ्याउन आर्थीक सक्षमताको महत्वपूर्ण भूमिका हुने तर्क गर्दै उनी आफूले क्षमता अनुसारको डिमान्ड राख्ने गरेको बताउँछिन्।

अन्य अभिनेत्रीहरुका पनि पारिश्रमिकबारेमा यस्तै अनुवभ छन्। प्रारम्भिक समय वर्षा शिवाकोटीले अभिनय यात्रामा हुँदा सहजै अभिनय गरिन्। तर  अहिले फिल्म र ब्यानर अनुसार पारिश्रमिक डिमान्ड गर्ने गरेको भनाइ उनको छ । ‘मागे अनुसार पाएँ भने काम गर्छु नत्र काम नै छोेडिदिन्छु,’ उनले सुनाइन्। वर्षा जस्तै प्रियंका कार्की, सुरक्षा पन्त लगायत अन्य केही महिला कलाकारहरु पनि डिमान्डेड सूचिमा छन् ।

तर ‘डिमान्डेड’ हुँदाहुँदै पनि सर्बाधिक चलेका नायक नायिकाबीचको पारिश्रमिकको अन्तर १५ देखी २० लाख सम्म देखिन्छ। मुखै खोलेर नभने पनि नायिकाहरुमा पारिश्रमिकको पिरलो कहिँकतै छिपेको छैन।  

प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  १०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्