• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

शिक्षाको गुणस्तर बढाउने अभियानमा काठमाडौं महानगर, अघि सार्‍यो नमुना योजना

64x64
भूपेन्द्र शाह ठकुरी सोमबार, माघ ९, २०७९  ०७:०७
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर बढाउनका लागि नमुना कार्यक्रमहरू अघि बढाइएको छ।

काठमाडौं महानगरपालिकाले पालिकाभित्रका विद्यालयहरूलाई डिजिटल बनाउनेदेखि प्राविधिक शिक्षामा जोड दिने उद्देश्यसहित नमुना योजना अघि सारेको छ। काठमाडौं महानगरपालिका अन्तर्गत जम्मा ९० वटा सामुदायिक विद्यालय छन्। तीमध्ये केही विद्यालयहरूलाई लक्षित गरी नमुना कार्यक्रम अघि बढाइएको हो।

एक सय घण्टाको प्राविधिक शिक्षा
विद्यालय शिक्षाको गुणस्तर बढाउन महानगरले 'महानगर शिक्षा सुधार योजना' तर्जुमा गरेको छ। जस अनुसार बालशिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवन उपयोगी र व्यावसायिक शिक्षाको रुपमा अघि बढाउन लागिएको हो। महानगरले माध्यमिक शिक्षामा आधारभूत प्राविधिक ज्ञान र सीपसहितको शिक्षा प्रदान गरी विद्यालय तह पूरा गर्दा कम्तिमा एउटा सीपमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्नेगरि नमुना कार्यक्रम गर्न लागेको शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए। 

सुवेदीका अनुसार, महानगरका सामुदायिक विद्यालयहरूमा प्राविधिक विषयको कक्षा सञ्चालन भइरहेको बताए। छोटो समयमा पनि विद्यार्थीहरूको जीवनमा सीपमूलक शिक्षा जीवन उपयोगी बनोस् भन्ने उद्देश्यसहित ९० देखि एक सय घण्टाको तालिम दिइने शिक्षा विभागकी उपनिर्देशक सरस्वति पोखरेलले जानकारी दिइन्। 

महानगरको संस्कृति, जीवनशैलीमा आधारित विषयमा अनुभव आदानप्रदान गर्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग सहकार्य अघि बढाउन लागेको हो। प्राविधिक शिक्षा अन्तर्गत विद्यार्थीहरूलाई हाउस वायरिङ, मोबाइल रिपेयरिङलगायतका प्राविधिक तालिम दिन लागेको हो।

काठमाडौं महानगरपालिकाका सबै हाइस्कुलका विद्यार्थीहरूलाई ३/४ महिनाको अवधिसम्म तालिम दिन प्राविधिक शिक्षाको पाठ्यक्रम बनाइदै रहेको शिक्षा विभागले जनाएको छ। महानगरका ५९ वटा हाइस्कुल तथा ३० वटा आधारभूत विद्यालयहरूमध्ये ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम अघि बढाउन लागिएको शिक्षा विभागले जनाएको छ।

राष्ट्रकै नमुना विद्यालयको योजना 
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूका साथै संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरूलाई प्रविधिमैत्री सीप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाई आदान प्रदानका कार्यक्रम सञ्चालन गर्दै केही विद्यालयहरूलाई मुलुककै नमुना विद्यालयको रुपमा अघि सार्ने काम भइरहेको महाननगर प्रमुख बालेन साहकी शिक्षा सल्लाहकार रेसु अर्याल ढुंगाना बताउँछिन्। 

महानगरले विशेष गरि तीनवटा विद्यालयलाई राष्ट्रिय नमुना विद्यालयको रुपमा अघि सारेको छ। शिक्षा प्रमुख सुवेदीले भने, ‘तीनवटा विद्यालयलाई राष्ट्रिय नमुनाको रुपमा विकास गर्न महानगरले राष्ट्रिय नमुना विद्यालयको योजना अघि सारेको छ। दरबार हाइस्कुल, भानु मावि तथा संस्कृत माविलाई  छनोट गरिएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नमुनाका लागि अघि बढाइएका विद्यालयहरूमा पठनपाठनका साथै थप अतिरिक्त क्रियाकलापहरूमा जोड दिइएको सुवेदीले जनाए। भानु तथा संस्कृत मावि विद्यादलयमा आवासीय सुविधाको व्यवस्था गरिएको छ। साथै, विद्यार्थीहरूको शैक्षिक सामग्री व्यवस्थापनका लागि विद्यालयमै लकर सुविधा दिने व्यवस्थालाई पनि नमुनाको रुपमा अघि सार्न थालिएको हो। 

विद्यार्थीलाई धेरैभन्दा धेरै पाठ्यपुस्तक बोक्नुपर्ने भएका कारण लकर सुविधा ल्याउन लागिएको शिक्षा विभागले जनाएको छ। यो कार्यक्रम सुरुमा १०/१२ वटा विद्यालयमा मात्रै नमुनाका रुपमा लागू गरिनेछ। त्यसपछि अन्य विद्यालयमा पनि अघि बढाइनेछ।

प्रविधिमैत्री शिक्षा योजना
महानगरपालिकाभित्रका ९० वटै विद्यालयहरूमा गुगलमार्फत सिकाई आदान प्रदान गर्ने, भौतिक उपस्थितिबिना नै सिकाईलाई प्रभावकारी बनाउनका लागि दुई वर्षका लागि डिजिटल साझेदारी सम्झौता गरिसकेको शिक्षा विभागकी उपनिर्देशक सरस्वती पोखरेलले जानकारी दिइन्। जसअन्तर्गत  अनलाइन तालिम, स्मार्ट बोर्ड, आईटी ल्याब आदि प्रक्रिया अघि बढाइएको छ।

 मेयर बालेन साहकी शिक्षा सल्लाहकार अर्यालले भनिन्, ‘पूर्वाधार विकासको क्षेत्रमा भन्दा पनि प्रविधिमा जोड दिएका छौं। भिडियो लेसनमा शिक्षकहरू अझै निपूर्ण नभएका कारण उनीहरूलाई तालिम दिइरहेका छौं।’

Xtrem

Xtrem

शिक्षा विभागकी उपनिर्देशक पोखरेलले विद्यालय शिक्षा सिकाईलाई प्रभावकारी बनाउनका निम्ति विद्यालयहरूको आफ्नै वेबसाइट बनाउने काम भइरहेको बताइन्। उनका अनुसार दुई घण्टाको अनलाइन तालिमको काम भइराखेको छ।

उपनिर्देशक पोखरेलका अनुसार महानगरभित्रका सम्पूर्ण विद्यालयमा प्रविधिमैत्री शिक्षाको कुरा अघि बढाइएको भएपनि पहिलो चरणमा भने आईसीटी पढाइ भइराखेका विद्यालयहरू प्राथमिकतामा परेका छन्। 

नेपाल भाषालाई प्राथमिता
महानगरपालिकाभित्रका सबै विद्यालयहरूमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई अगाडि बढाइएको छ। महानगरले १७२ जना नेपाल भाषाका शिक्षकहरूको व्यवस्था गरेको शिक्षा विभागका प्रमुख सुवेदीले बताए। 

संस्थागत विद्यालयहरूको हकमा भने महानगरले तालिमको व्यवस्था गर्ने गरेको छ। शिक्षक व्यवस्थापन र पारिश्रमिकको व्यवस्था महानगरले नगरेपनि पाठ्यपुस्तकको भने सहज उपलब्धता गराइएको उनले बताए। तर, नेवारी समुदायका बालबालिकाबाहेकका अन्य बालबालिकालाई भने नेपाल भाषाको सिकाई त्यति प्रभावकारी हुन नसकेको विभागको भनाइ छ।

महानगरपालिकाका कुनै पनि सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकहरूलाई राजनीतिक रुपमा आवद्ध हुन नदिने शिक्षा विभागले जनाएको छ।

सामुदायिक विद्यालयहरूको विद्यालय परिसर सुधार कार्यक्रम सञ्चालन गर्ने योजना महानगरपालिकाले अघि सारेको छ। जसअन्तर्गत शौचालय निर्माण र स्तरोन्नति, निःशुल्क सेनीटरी प्याडको सुविधा, पिउने पानीको प्रबन्ध गर्ने जनाइएको छ। सामुदायिक र संस्थागत विद्यालयहरूबीच गुणस्तर विकास र असल अभ्यासको आदान प्रदानका लागि साझेदारी गरिने भएको छ। निजीस्तरमा सञ्चालित शैक्षिक परामर्श केन्द्र, कोचिङ सेन्टर, तालिम केन्द्र लगायतका संस्थाहरूको अभिलेखीकरण गरी नियमन गर्ने योजना समेत अघि सारेको छ। 

महानगरपालिका शिक्षा विभागले पाँचवटा विद्यालयलाई ग्रिन स्कुलको रुपमा अघि बढाउन लागेको छ। 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ०७:०७
  • #काठमाडौं महानगरपालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अग्रवाललाई धरौटीमा रिहा गर्न अस्वीक... मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] सरुवा सूचीअनुसार सहसचिव विनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालयमा ल्याइएको छ। त्यस्तै सहसचिव शान्तिराज प्रसाईंलाई जिल्ला प्रशासन कार्... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्