• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवाको अलमलले कांग्रेसलाई सधैँ क्षति

64x64
नवीन झा बुधबार, पुस २७, २०७९  १८:५५
1140x725

काठमाडौं- मंगलबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार साँझसम्म अलमलमा थिए। देउवाको ‘कोर टिम’मा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे रणनीति बनाउन केही दिनअघिदेखि नै बहस चलिरहेको थियो। तर, भने देउवा अलमलमै थिए।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न पुगेका थिए। केहीबेर एक्लै कुराकानी गरेपछि उनले संवादमा पार्टीका उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलालाई पनि जोडे। त्यसपछि मात्रै देउवा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेतर्फ अग्रसर भएका थिए।

मंगलबार त उनी विश्वासको मत दिन दृढ भइसकेका थिए। त्यसैबारे निर्णय गर्न उनले मंगलबार बिहान पदाधिकारीहरूसँग छलफल गरे, केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाए, संसदीय दलको बैठक बोलाए। कांग्रेसको निर्णय आइनसकेकैले प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म सरेको थियो। अन्तिममा देउवाले पार्टीभित्र लिखित फरक मतका बाबजुद विश्वासको मत दिने पक्षमै निर्णय गराए।

पुस ३ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गर्नका लागि पुस १० गते बेलुका ५ बजेसम्मको समय दिएकी थिइन्। त्यतिञ्जेल प्रधानमन्त्री नै रहेका देउवा तत्कालीन सत्ता गठबन्धनबाटै पुनः प्रधानमन्त्री बन्ने आकलन राजनीतिक वृत्तमा थियो। जबकि, सुरुआतमै प्रधानमन्त्री बन्ने आकांक्षाका साथ प्रचण्डले भने एमालेसँग समानान्तर संवादमा गरिरहेका थिए। तर, देउवाले कुनै वैकल्पिक रणनीति बनाएको, परिस्थितिलाई सही रुपमा बुझेको र तत्कालीन सत्ता गठबन्धनमै पनि गम्भीर छलफल गरेको देखिएन।

उनले सुरुमा कांग्रेसको संसदीय दलको निर्वाचनको नाममा छलफलहरू टारे भने पछि पनि संवादमा गम्भीर देखिएनन्। १० गतेको समयसीमाको पूर्वसन्ध्यामा बल्ल सत्ता गठबन्धनमा नयाँ सरकारबारे गम्भीर रुपमा छलफल भएको थियो। त्यसपछि लागातार छलफल चले पनि देउवा १० गते दिउँसोसम्म प्रचण्डलाई प्रधानमन्त्री दिने कि नदिने भनेर अलमलमै थिए।

पुस १० गते दिउँसो प्रचण्ड बालुवाटारको बैठकबाट बाहिरिन लाग्दा पनि देउवा गम्भीर भएनन्। प्रचण्डले एमाले लगायतका दलसँग सहमति गरिसकेपछि बल्ल नेताहरूलाई भन्न थाले- प्रचण्डलाई फिर्ता ल्याउनुस्, पहिलो चरणमै प्रधानमन्त्रीमा स्वीकार गर्छु। तर, समय बितिसकेको थियो। केहीबेरमा त प्रचण्ड नै प्रधानमन्त्री नियुक्त भइसकेका थिए। कांग्रेसले सत्ता साझेदार हुँदा प्राप्त हुने ठूलो लाभांश गुमाइसकेको थियो।

पछिल्ला यी दुई राजनीतिक घटनाक्रमलाई केलाउँदा देउवा राजनीतिक निर्णय गर्दा सधैँ अलमलिने र अन्तिममा आएर हतारहतार निर्णय गर्ने गरेको देखिन्छ। जसका कारण देउवाले व्यक्तिगत र कांग्रेसले पनि क्षति बेहोर्ने गरेको छ।

तर, कांग्रेस प्रवक्ता प्रकाशशरण महत पछिल्लो राजनीतिक घटनाक्रममा सभापति देउवाको निर्णयमा अलमल भयो वा समयमा भएन भन्न नमिल्ने दाबी गर्छन्। महतले राजनीतिक घटनाक्रम छिटोछिटो विकास हुने भएकाले अन्तिममा आएर परिपक्व निर्णय लिने काम ठीक भएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रवक्ता महतले यस्तो बताए पनि कांग्रेस सभापति भएको पछिल्लो सात वर्षमा देउवाको त्यस किसिमको शैली बारम्बार प्रकट हुने गरेको छ। राष्ट्रिय राजनीतिदेखि पार्टी राजनीतिसम्ममा उनले सधैँ अलमलमा बसेर अन्तिममा आफू अनुकूल निर्णय गरेको देखिन्छ।

२०७२ मा कांग्रेसको सभापतिमा जितेपछि देउवाले पार्टीका तर्फबाट राष्ट्रिय राजनीति र पार्टी राजनीतिका सन्दर्भमा निर्णय लिने मुख्य जिम्मेवारी पाएका थिए। तर, उनले आफ्ना सन्दर्भमा समयमै निर्णय लिन नसक्ने छवि स्थापित गरेका छन्।

२०७२ मा पार्टी सभापति भएलगत्तै एमाले र माओवादीको तत्कालीन गठबन्धन तोडेर देउवाले माओवादीसँग सहकार्य गरे। तर, २०७४ को आम निर्वाचनअगाडि माओवादीसँगको सहकार्यबारे समयमै ठोस निर्णय नलिँदा एमाले र माओवादी केन्द्रको गठबन्धन बनेको थियो। उनीहरूको गठबन्धनले कांग्रेसलाई निर्वाचनमा कमजोर अवस्थामा पुर्‍याइदियो।

निर्वाचनपछि त्यसको समीक्षालाई उनले अलमल गरिरहे। मंसिरमा सकिएको निर्वाचनको समीक्षाका लागि देउवाले चैतमा मात्रै बैठक बोलाए। बैठकलाई डेढ महिनाभन्दा बढी तन्काएर उनले सबैलाई गलाए र त्यही मौकामा आफू अनुकूल पार्टी पदाधिकारी चयन गरे। पार्टीमा त्यतिबेला एकदमै जोडतोडले उठेको महासमिति भेलालाई पनि धकेले।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पार्टी महाधिवेशका सन्दर्भमा त देउवाले रेकर्ड नै राखे। १४औँ महाधिवेशनलाई ६ पटकसम्म सारेका देउवाले अन्ततः गत वर्ष मंसिर-पुसमा सम्पन्न गराए। जबकि, सो महाधिवेशन २०७६ मै भइसक्नुपर्थ्यो।

१४औँ महाधिवेशनपछि दोस्रो कार्यकाल सुरु गरेको देउवाले आफ्नो अलमल शैलीलाई छाडेका छैनन्। महाधिवेशन अघि होस् वा पछि, देउवाको शैली निरन्तर छ।

२०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको घटना होस् वा तत्कालीन प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग होस्, दुवै प्रकरणमा देउवा लामो समय अलमलमै बसे। संसद् विघटनपछि आफ्नै पार्टीका युवा नेताहरू सडक प्रदर्शनमा सहभागी भइरहँदा देउवा मौन बसे र निर्वाचनमा जाने संकेत गरे। पछि प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवसहितका नेताहरूले प्रधानमन्त्रीको अफर गरेपछि मात्रै देउवा तातिए। त्यसपछि बल्ल राजनीतिले नयाँ कोर्स लिँदै अगाडि बढ्यो। परिणामतः देउवा पाँचौँपटक प्रधानमन्त्री बने।

देउवा प्रधानमन्त्री बनेलगत्तै तात्कालीन प्रधानन्यायाधीश राणाका विवाद सार्वजनिक हुन थालेका थिए। र, उनलाई महाभियोग लगाउन चौतर्फी आवाज उठ्यो। तर, देउवा कुनै ठोस कदम चाल्नेतिर नलागि अलमलमै रहे। अति दबाब पर्न थालेपछि मात्रै देउवाले सत्ता गठबन्धनमार्फत् महाभियोग अगाडि सारे। तर, उक्त महाभियोगलाई प्रक्रियामा लगिएन। त्यतिकै थन्काइयो।

गत मंसिर ४ को निर्वाचन परिणामपछि पुनः राणाविरुद्धको महाभियोग प्रस्ताव निस्क्रिय भएको समाचार आएपछि देउवा नेतृत्वको गठबन्धन झस्किएको थियो। त्यसमा पनि सर्वोच्चले नै अग्रसरता लिएपछि राणाको पुनः सर्वोच्च हाजिर हुने सम्भावना टरेको थियो।

यसरी हेर्दा, कांग्रेस सभापति देउवामा जहिले पनि अनिर्णयको बन्दी रहने प्रवृत्ति देखिन्छ। राजनीतिक विश्लेषक जुगल भुर्तेलले देउवाले जहिले पनि आफ्नो निहित स्वार्थ हेरर पार्टीलाई अनिर्णयको बन्दी बनाउने गरेको बताउछन्।

‘आफूलाई फाइदा र घाटा हेरेर निर्णय गर्ने गरेको देखिन्छ’, उनी भन्छन्, ‘ठोस निर्णय गर्दा कहिले आफू तल परेर पनि पार्टी र विचार जित्छ तर यहाँ सबै कुरा आफ्नो फाइदा र घाटासँग जोडिएर निर्णय गर्ने गरेको देखियो।’

भुर्तेलले अघिल्लो पुस्ताको कुनै नेतामा प्रष्टता नदेखिएको पनि दाबी गरे। सभापति देउवादेखि नेता रामचन्द्र पौडेल हुँदै शेखर कोइरालासम्ममा त्यही प्रवृत्ति रहेको भुर्तेलको भनाइ छ। उनले गत संसदीय दलको निर्वाचनबाट कांग्रेसमा सुरु भएको ध्रुवीकरणलाई सचेततापूर्वक उठाउनुपर्ने देखियो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता प्रदीप पौडेलको मोर्चाबन्दी अब पार्टीमा थप प्रष्ट भएर अघि आउनुपर्ने बेला भइसकेको पनि भुर्तेलको भनाइ छ। 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १८:५५
  • #शेरबहादुर_देउवा
  • #नेपाली_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्