काठमाडौं – गायिका एलिना बिष्टको स्वरमा रहेको नयाँ गीत ’छोएर मलाइ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा एलिनालाई हर्कुलस बस्नेत र उनको व्याण्डले साथ दिएको छ।
सन्तोष पोख्रेलको शब्द रचना रहेको गीतमा हर्कुलस बस्नेतकै संगीत रहेको छ।
केही समय देखी जापान बस्दै आएकी एलिनाको यो तेस्रो गीत हो। उनले यस अघि 'रहरहरु' र 'होप' बोलका २ वटा गीत बजारमा ल्याएकी थिइन्।
गायिका एलिनाले केहि फरक किसिमको भिडियो बनाउने कोशिस गरेको प्रतिक्रिया दिएकी छिन्। भिडियोमा ब्रायन राईको छायाँकन र विनय कंसाकारको सम्पादन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।