• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ५ : संसदको दोश्रो अधिवेशन अन्त्य, राजधानी र प्रदेशको नामाकरणका लागि विशेष समिति गठन

64x64
नेपाल लाइभ बिहीबार, साउन २४, २०७५  १६:१०
1140x725

भैरहवा– प्रदेश ५ को प्रदेशसभाको दोश्रो अधिवेशन आजदेखि अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले पठाएको आज राति १२ बजेदेखि दोश्रो अधिवेशन अन्त्य हुने व्यहोराको पत्र आज बसेको प्रदेशसभा बैठकमा सभामुख पुर्णबहादुर घर्तीले पढेर सुनाएका थिए। बैसाख ३१ गते सुरू भएको दोस्रो अधिवेशनले ६ वटा विषयगत समिति, २ वटा विशेष समिति गठन गरेको छ भने १५ वटा विधेयक पारित गरेको छ।

बैठकले प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव पेश गर्न १५ सदस्यीय विशेष समिति गठन गरेको छ। प्रदेशका १२ जिल्ला र ५ राजनैतिक दलका प्रदेशसभा सदस्य प्रतिनिधिहरु रहेको सो विशेष समितिलाई ३ महिना भित्र प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि अध्ययन गरी सुझावसहित सिफारिस गर्ने अधिकार दिइएको छ।

समितिको सदस्यमा सबैभन्दा बढी अर्घाखाँचीबाट निर्मला क्षेत्री, कल्पना पाण्डे, चेतनारायण आचार्य रहेका छन् भने अन्यमा तारा जिसी, प्युठान तुल्सीप्रसाद चौधरी, रुपन्देही, दिनेश पन्थी, गुल्मी, दिपेन्द्र कुमार पुन, रोल्पा, दिपेश थारु, बर्दिया, नारायणप्रसाद आचार्य, पाल्पा, भुवनेश्वर चौधरी, बर्दिया, रमा अर्याल, रुपन्देही, विरबहादुर राना, पाल्पा, विष्णुप्रसाद पन्थी, कपिलवस्तु, सरस्वती गौतम, दाङ र सहर्षराम यादव, कपिलवस्तु रहेका छन्।

समितिले प्रदेशका जनताको भावना, भौगोलिक तथा भौतिक संरचनाको उपलब्धताका साथै प्रदेशको सर्वांगिण बिकासमा टेवा पुग्ने हिसाबले प्रदेशको नाम र राजधानीका लागि स्थान छनौट गरी प्रदेशसभामा प्रस्तावका रुपमा लैजाने छ।

प्रदेश राजधानीका लागि बुटवल, कपिलवस्तु र दाङको दावेदारी छ। नामका बारेमा भने लुम्बिनीमा सहमति जुट्ने सम्भावना रहेको बताइएको छ। कतिपयले भने बुद्धभूमि राख्नुपर्ने अनौपचारिक प्रस्तावहरू राख्ने गरेका छन्।

बैठकले ११ सदस्यीय विशेषाधिकार समिति समेत गठन गरेको छ। प्रदेशसभाको कामलाई चुस्त बनाउनका लागि विशेषाधिकार समिति बनाइएको हो। विशेषाधिकार समितिमा अमर बहादुर डाँगी, दाङ, अष्टभुजा पाठक, रुपन्देही, कमलराज श्रेष्ठ, गुल्मी, कल्पना पाण्डे, अर्घाखाँची, तारा जिसी, प्युठान, तेजबहादुर वली, रुकुम, पार्वती पुन, बाँके, फकरुद्धिन खान, रुपन्देही, बाबुराम गौतम, बाँके, सन्तोषकुमार पाण्डे, रुपन्देही र हरिप्रसाद रिजाल, प्युठान रहेका छन्।

संसदलाई सरकारले दिन सकेन ‘विजनेस’

Ncell 2
Ncell 2
nimb
nimb

आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले विशेष सम्बोधन गरेका थिए। त्यसक्रममा मुख्यमन्त्री पोखरेलले चालु आर्थिक वर्षलाई कानुन निर्माण र योजना निर्माण वर्षका रुपमा काम गरिने बताए। उनले प्रदेशलाई उत्कृष्ट बनाउन उपलब्ध साधनश्रोतको अधिकतम उपयोग गर्ने समेत जानकारी गराए।

प्रदेश सरकारले प्रदेशसभालाई काम दिन नसकेपछि प्रदेशसभा ‘विजनेस’विहीन भएको थियो। प्रदेश सरकारका तर्फबाट हाल संसदमा कुनै पनि विधेयक दर्ता भएका छैनन्।

संसदमा दर्ता भएको प्रदेश लोक सेवा आयोगसम्बन्धी विधेयक अघि बढाउन सरकारले  कानुन नबनाएकाले उक्त विधेयक रोकिएको छ। सो बाहेक संसदसँग अरु कुनै विजनेश छैनन्। ‘सरकारले दर्ता गरेर सरकारकै अनुरोधमा रोकिएको लोक सेवा आयोगसम्बन्धी विधेयकबाहेक अरु विधेयक संसद सचिवालयमा दर्ता छैन,’ प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्द्रप्रसाद अधिकारी भने। सरकारले कानुनका मस्यौदा तयार पार्न र सुझाव दिनका लागि सहज बनाउन भन्दै कानुन मस्यौदा तथा सुझाव आयोग गठन गरे पनि त्यसले संसदलाई काम दिन सकेको छैन।

तर कानुन आयोगकी सदस्य विष्णु पोखरेल भन्छिन्, ‘हामीले १४÷१५ वटा कानुनका मस्यौदा तयार पारेर मन्त्रालयहरूलाई सुझावका लागि दिएका छौं। केही विज्ञहरुसँग छलफलका क्रममा छौं।’  तर पनि ‘विजनेश’ नपाएकै कारण केही महिनासम्म संसद स्थगित हुनसक्ने सरकारको संकेत छ। सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सरकारले बजेट कार्यान्वयनमा जोड दिएको बताए। भन्छन्, ‘हामीले विजनेश नदिएको होइन। संसदका त आफ्नै काम पनि हुन्छन्। समितिहरूका काम होलान्। सरकार अहिले संसदलाई रोकेर बजेट कार्यान्वयनमा जोड दिँदै छ।’

Xtrem

Xtrem

२०७४ माघ २१ मा संसद सुरु भएदेखि १६ वटा विधेयक दर्ता भएर १५ वटा पास भएको सभामुख पूर्णबहादुर घर्तीले बताए। ‘यसबीचमा ६ वटा विषयगत समिति गठन भएका छन्।’, सभामुख घर्तीले भने, ‘थोरै कर्मचारीका बीचमा पनि हामीले यति काम गर्न सक्यौं।’

प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्