काठमाडौं- आजदेखि नेपाली सेनाकाे नेतृत्व परिवर्तन हुँदैछ। प्रधान सेनापति राजेन्द्र क्षत्री अवकाश हुनुअघि आजदेखि बिदामा बस्ने भएकाले अब सेनाको कमान्ड रथी पूर्णचन्द्र थापाले सम्हाल्नेछन्।
बिदामा बस्नुअघि बुधबार सेनापति क्षत्रीले जंगी खड्डामा सम्बोधन गरेका थिए। ९२ बुँदे सम्बोधनमध्ये ६५ बुँदामा उनले आफ्नो नेतृत्वमा भएका कामहरु उल्लेख छ। भूकम्पमा सेनाले गरेको उद्धारदेखि निर्वाचन सम्पन्न भूमिकासम्मलाई उनले आफ्नो सफलता सूचीमा राखेका छन्।
राष्ट्रिय सुरक्षा नीति निर्माण, इतिहासमा पहिलो पटक महिलाहरुको लागि गोरखखाली गुल्म स्थापना गरिएको उनले बताएका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई कायममुकायम प्रधानसेनापतिमा थापालाई नियुक्त गरिसकेकी छिन्।
अवकाश हुनुभन्दा एक महिनाअघि नै बिदा बस्ने परम्पराअनुसार क्षत्री आजदेखि बिदामा बस्न लागेका हुन्। उनले भदौ २४ गतेदेखि अनिवार्य अवकाश पाउँदैछन्।
यस्तो छ क्षत्रीले गरेको ९२ बुँदे सम्बोधन-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।