• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

समानुपातिकबाट सांसद बन्नेमा नेताका आफन्त, सबैभन्दा धेरै माओवादी केन्द्रका

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २९, २०७९  १७:००
1140x725

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत निर्वाचित उम्मेदवारहरुको सूची राष्ट्रपति कार्यालयमा बुझाएको छ। आयोगले बुझाएको अन्तिम मतपरिणामको सूचीअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारमा दलका नेताहरुले आफन्तलाई प्राथमिकता दिएको देखिएको छ। 

समानुपातिकमा नेताका आफन्तहरु समावेश गर्नेमा माओवादी केन्द्र अघि देखिएको छ। प्रतिनिधि सभातर्फ जम्मा १४ सांसद पाएको माओवादीबाट ५ सांसद नेताहरुकै आफन्त रहेका छन्। अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बहिनी नारायणी शर्मालाई समानुपातिक सांसद् बनाउन सफल भएका छन्। उनी आफैं भने रुकुम पूर्वबाट प्रत्यक्ष निर्वाचित भएका छन्।

माओवादी केन्द्रका उपमहासचिव तथा सांसद् शक्ति बस्नेतले आफ्नी बहिनी ज्ञानु बस्नेत सुवेदीलाई सांसद् बनाएका छन्। उनी आफैंले जाजरकोटबाट प्रत्यक्ष जितेका हुन्। 

माओवादी केन्द्रका नेता शिवपुजन राय रातो पासपोर्ट दुरुपयोग मुद्दामा दोषी देखिएपछि उम्मेदवार बन्न पाउँदैनन्। तर उनले समानुपातिकमा श्रीमती मीना यादवलाई उम्मेदवार बनाए। यसैगरी स्वतन्त्रबाट छोरी समेत उठाए। छोरीलाई जिताउन असफल भएका रायकी श्रीमती यादव भने सांसद बनेकी छिन्।

प्रत्यक्षमा समानुपातिक शून्य भएको सुदूरपश्चिमबाट समानुपातिकमा माओवादी केन्द्रले रुपशोसा चौधरीलाई सांसद बनाएको छ। चौधरीको तेस्रोपटकको संसद् यात्रा हो। माओवादी केन्द्रकै नेता नेपबहादुर चौधरीकी श्रीमती हुन् उनी। नेपबहादुरलाई मुख्यमन्त्री बनाउने वाचासहित २०७४ सालमा प्रदेश सभा सदस्य बनाइएकको थियो, तर तत्कालीन माओवादी नेता लेखराज भट्टले त्रिलोचन भट्टलाई अघि सारेर उनलाई रोकिदिए। परिवारबाटै आलोपालो अवसर लिने क्रममा यसपल्ट रुपशोसाले सांसद पद पाएकी छिन्।

nimb
nimb
Ncell 2
Ncell 2

माओवादीको प्रभाव क्षेत्र मानिन्छ कर्णाली  प्रदेश। उक्त प्रदेशमा पार्टीले समानुपातिकमा पाएको ४ सिटमै नेताका श्रीमतीलाई अवसर दिइएको छ। 

केन्द्रीय सदस्य रामलाल विककी श्रीमती उर्मिला विक, कालीकोट संयोजक लक्ष्मी चौलागाइँकी श्रीमती यशोदा न्यौपाने, रुकुम पश्चिमका संयोजक गोविन्द्र रोका(सचिन)की श्रीमती मिलन खड्का रोका  र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका पार्टी अध्यक्ष तथा पालिकाका उपाध्यक्ष चन्द्रबहादुर कार्कीकी श्रीमती जुम्कित लामा कार्की प्रदेश सांसद चुनिएकी छन्। 

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल यसपल्ट उम्मेदवार बनेनन्। पटक-पटक मन्त्री समेत भइसकेका थापाले श्रीमती नैनकलालाई सांसद् बनाएका छन्। नैनकलालाई नेकपा विभाजनपछि ओली सरकारमा छोटो समयका लागि मन्त्री समेत बनाइएकको थियो। 

नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधि सभाको निर्वाचनमा आफू पराजित भए। तर  बहिनी मेनका कुमारी पोखरेलाई समानुपातिकतर्फ खसआर्यबाट पहिलो नम्बरमै राखेका थिए। उनी प्रतिनिधि सभा सदस्य बनेकी छन्। 

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगै उनकी श्रीमती आरजु राणा देउवा पनि संसद्‌मा  हुनेछिन्। काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणका दम्पत्ति नै माननीय बन्ने चाहनामा भने रुपन्देही- ३ का मतदाताले ब्रेक लगाइदिएका छन्। खाण आफू हारे पनि श्रीमती मञ्जु खाणलाई संघीय संसद्‌मा पठाउन सफल भएका छन्। 

जनता समाजवादी पार्टीका उपाध्यक्ष अशोक राई श्रीमतीसहित संसद्‌मा हुनेछन्। उनकी श्रीमती शुशीला शुशीला श्रेष्ठ जनता समाजवादी पार्टीकै समानुपातिकबाट सांसद् बनेकी छिन्।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत बुधबार, जेठ १३, २०८३
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ बुधबार, जेठ १३, २०८३
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन बुधबार, जेठ १३, २०८३
कृषि क्षेत्रमा आर्थिक वृद्धिदर घट्ने बुधबार, जेठ १३, २०८३
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्