काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन्। पेटको उपचारको लागि देउवा सिंगापुर गएको पार्टीले जनाएको छ।
बुधबार पत्नी आरजु राणासहित देउवा सिंगापुर गएका हुन्। उपचारका लागि प्रस्थान गरेका देउवा सिंगापुरमा कति समय रहने भने टुङ्गो नलागेको प्रवक्ता विश्व प्रकाश शर्माले बताए।
उनी साउन ६ मा नै सिंगापुर जाने तय भएको थियो। डा गोविन्द केसीको अनसन प्रकरण चर्किएपछि उनले भ्रमण स्थगित गरेका थिए।
सिंगापुरको माउन्ट एलिजावेथ हस्पिटलमा उनको उपचार हुने बताइएको छ।
भ्रमणको क्रममा उप सभापति विमलेन्द्र निधीलाई कार्यवहाकको जिम्मेवारी दिएका छन्।
देउवा सिंगापुर गएपछि प्रधानन्यायधीश तथा अख्तियारको प्रमुख सिफारिस गर्न बस्ने भनिएको संवैधानिक परिषद्को बैठक अर्काे हप्ताका लागि सरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।