• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकी सदन ताक्ने रुसी आप्रवासी

64x64
नेपाल लाइभ बुधबार, साउन २३, २०७५  १३:५६
1140x725

जुनु (अलास्का)– दिमित्री सीन, ३७ को अमेरिकी सपनाको लक्ष्य बनेको छ, अमेरिकी कांग्रेस । सुन्दा या भन्दा यो स्वभाविक जस्तो लाग्ने लक्ष्य होला। तर, यसमा उनको विगत, वर्तमान र आगतका अनेक रङ जोडिएका छन्। वेग र संवेग पनि।  सोभियत सङ्घमा जन्मिएका सीनको स्मृतीको पन्नामा हजुरबुबासँग भोक टार्न सडकमा भिख माग्नुपरेको सम्झना छ।

सन् १९९० को दशकको सुरुमा सीन र उनकी आमा अलास्का आएका थिए। सीनकी आमाले अङ्कोरेजमा भेटिएका एक व्यक्तिसँग बिहे गरेकी थिइन्। विवाहपछि उनीहरू एक आश्रयस्थलमा बसे। दुःख भोगे। र, संघर्षको एउटा नयाँ बाटोको यात्री बने। त्यसैले त अहिले सीन पूर्ण अमेरिकी नागरिकका रुपमा आफ्नो व्यवसाय चलाइरहेका छन्। मेल–अर्डर प्लान्टर व्यवसायका सञ्चालक सीनले अमेरिकाकै धर्तीमा आफुले गरेको संघर्षलाई साक्षी राख्दै सदनमा पुग्ने सपना सजाएका रहेछन् । भन्छन्, ‘ यो त हामी आप्रवासीले पनि सपना देख्ने देश पो हो त।’

सपना साकार पार्न यही महिना उनले डेमोक्रेटिक प्राथमिक चरणमा दुई स्वतन्त्र उम्मेदवार एलिस ग्याल्भिन र क्रिस्टोफर कुमिङ्ससँग श्पर्धा गरिरहेका छन्। साथै उनले रिपब्लिकन अमेरिकी प्रतिनिधि डोन योङको स्थानमा अपेक्षा गरिएका अलास्का बाहिरका डेमोक्रेट क्यारोल हाफ्नरसँग पनि प्रतिस्पर्धा गर्दैछन्। 

यदि सीन निर्वा्चित भएमा सन् १९६७ पछि सदनमा रुसमा जन्मेका पहिलो सदस्य हुनेछन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावसम्म पनि सीन राजनीतिक रूपमा सक्रिय थिएनन्। तर उनले आफू अलास्कावासीको सुरक्षाप्रति सधैं चिन्तित रहेको र यही कडीले विस्तारै राजनीतितिर आएको बताएका छन्। उनकी चिकित्सक पत्नी अलास्का मूलकी हुन्। उनीहरूसँग दुई जैविक र चार ग्रहण गरिएका ( अडप्टेड ) छोराछोरी छन्। 

‘म एक फरक मुलुकमा ब्युझिएँ, मैले भनेँ, हे भगवान! हामी कहाँ बस्दैछौँ, यो त्यो मुलुक होइन जहाँ म आउँदा मलाई स्वागत गरिएको सम्झना छ’– सीनले भने । 

चुनावी मैदानमा सीनले अमेरिकी राष्ट्रपतिका लागि पूर्व उम्मेदवार बर्नी स्यान्डर्सको अवधारणालाई अभियानका रुपमा सापटी लिएका छन्। अभियान हो, सबैका लागि स्वास्थ्य उपचार। अलास्काको डेमोक्रेटिक पार्टीको प्लेटफर्मले एकल भुक्तानीकर्ता स्वास्थ्य सेवा प्रणालीको विकास र कार्यान्वयनलाई समर्थन गर्दछ । एउटा मजबुत अभियान सञ्चालन गरेकी र निर्वाचनका लागि विरोधीहरूको भन्दा बढी वित्तीय सहयोग जुटाएकी ग्याल्भिनले पनि सबैलाई समावेश गर्ने स्वास्थ्य सेवा योजनालाई समर्थन गरेकी छिन् तर विद्यमान प्रणालीमा सुधार नगरेसम्म त्यो सम्भव नहुने बताएकी छिन्। 

सिनका अनुसार नवीकरणीय ऊर्जामा अधिक लगानी तथा काङ्ग्रेसले अनुमोदन गरेको ट्रम्प समर्थित कर कटौतीलाई रद्द गर्नुजस्ता मुद्दा र स्वास्थ्य सेवामा उनको दृटिकोणलाई अधिकांश डेमोक्रेटले बुझ्दछन् । ‘हामी तिनीहरूमै सञ्चालित हुनुपर्दछ’ उनले भने।  कहिलेकाहिँ अश्लिल बोल्ने र बिना तयारी टिप्पणी गर्ने भनी चिनिएका प्रतिश्पधी योङलाई सीनले ‘डोनाल्डका बाबु’को संज्ञा दिएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

राज्यको विधायिकी उम्मेदवार तथा सिनका समर्थक प्याट्रिसिया फाये–ब्राजेलले सीनलाई चमत्कारी व्यक्ति भन्छिन्। ‘जब उनी भेटघाटका लागि आउँछन्, मानिस प्रफुल्ल हुन्छन्। र जब उनी बोल्छन् मतदाताहरु उत्साहित हुन्छन्’ उनले सीनबारे प्रशंशा गर्दै भनिन्, ‘यी मान्छे गजबका हुन्।’ 

विभिन्न समूहहरूलाई सम्बोधन गर्न भ्रमणको निमन्त्रणा स्वीकार गर्दै र ग्याल्भिन, कुमिङ्स र हाफ्नरसँग मञ्चहरूमा भाग लिन सीनले अलास्का राज्यका विभिन्नमा आफ्नो उपस्थिति देखाइसकेका छन्। श्पर्धी हाफ्नरले कहिल्यै अलास्काको भ्रमण गरेका छैनन्। तर सीनले आफ्नो अभियानका लागि एक लाख अमेरिकी डलरभन्दा बढी ऋण लिएका छन्। 

पूर्वलेखापाल सीनले उनका हजुरबुबाले रुसबाट पठाइदिएको कबाब ग्रिल बनाउने भाँडोबाट प्रेरित भई फूल रोप्ने बक्स (प्लान्टर बक्स) आविष्कार गरेका रहेछन्। उनी अलास्कामा दर्ता भएका ९४ वटा टेस्लामध्ये एउटा चलाउँछन्। ‘ब्याक टु द फ्यूचर’ सिनेमामा डिलोरियनले गरेजस्तै यसका ढोकाहरू माथिपट्टि खुल्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अङ्कोरेजको एक मलस्थित आफ्नो एउटा प्रिय कफी पसलमा जाँदा हालै सीको हाइस्कूलका एक पुराना कोच डेभिड ब्लकसँग भेट भए। ब्लकले विद्यार्थीका रूपमा सिन स्पष्ट वक्ता र अभिमत दिन अप्ठ्यारो नमान्ने व्यक्ति भएको बताए। ‘तर अङ्ग्रेजी उनको मूल भाषा नभए पनि उनले भाषण र बहसका लागि कडा मेहनत गरे, अहिले उनी कस्तो अवस्थामा छन् भन्ने आधार तयार गर्न त्यसले सहयोग गर्यो’– ब्लकले भने। 

सिन सधैँ बेजोड छन्। उनकी आमा लिना सेभिलले भनिन्, ‘ उसले पत्रिका वितरण गर्दै १२ वर्षको उमेरदेखि नै काम गरेको हो।’ अङ्कोरेज डेली न्यूजको सन्डे संस्करण मानिसहरूले कुपनमार्पmत खरिद गर्दा प्रोत्साहनको रूपमा आउने पैसाले उनको बचतलाई बढाउँथ्यो । उनले एकपटक एक दृष्टिविहीन महिलालाई पत्रिकाको ग्राहक बनाछन्। आमाले सोधिछन्, दृष्टिविहिनलाई किन ग्राहक बनायौ? सीनले जवाफ दिएछन्, ‘ती महिलाले पंक्षीको पिँजरा बनाउन पत्रिका प्रयोग गर्न सक्छिन्, जुन मैले उनलाई सिकाएँ।’ 

सीनको परिवारले सन् २०१४ मा एक्लो र उदास अवस्थामा रहेकी एक किशोरीलाई भेट्यो। ती किशोरीले आफू खतरनाक परिस्थितिमा घरबाट भागेको बताइन् । ती किशोरीका तीन दिदीबहिनी थिए। तिनीहरूलाई घरबाट निकालिएको र अस्पताल भर्ना गरिएको थियो । सीनकी पत्नी मेलिसाले तिनीहरूलाई दैनिक भेटिन्। तर पछि उनले के थाहा पाइन् भने उनीहरूलाई अस्पतालमा हेरचाहका लागि एकैसाथ राखिएको थिएन। 

सीन र उनकी श्रीमतीले ती किशोरीहरूसँगै जीवन बिताउनेबारेमा छलफल गरे। उनीहरूको छोराले निर्णयलाई सजिलो बनाइदिए। ‘के उनीहरूलाई घर चाहिन्छ ? किन उनीहरू हामीसँगै बस्न सक्दैनन् ?’– छोराले भने। ती किशोरीहरू उनीहरूसँग आए र सिनको परिवारले सन् २०१६ मा तिनीहरूलाई आफ्नो बनायो। 

सीनले तीन वर्षअघिका दिन सम्झदै भने– ‘ती किशोरीहरू सुत्न सकुन् भनेर उनीहरूको ढोका अगाडि हामीले महिनौँ रात बितायौँ। अहिले उनीहरूको अवस्था राम्रो छ।’ 

उनले त्यो अनुभव र गहन दायित्वबीच समानान्तर रेखा खिच्दै मुलुकको सुधार गर्न काङ्ग्रेसलाई ती आवश्यक हुने बताए। ‘मैले यो सबै कडा मेहेनत गर्ने बारेमा उदाहरण स्वरुप बताएको हुँ’– उनले भने। 


अनुवादः दिलीप अधिकारी

प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
सम्बन्धित सामग्री
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्