काठमाडौं– सन् १९९२ बाट नेपाली फेसन र मोडलिङको क्षेत्रमा क्रियाशिल कलाकार हुन् प्रशान्त ताम्राकार। सन् १९९४ मा मिस्टर नेपालको उपाधि हात पारेसँगै चर्चामा रहेका प्रशान्तले फिल्म ‘टाटा बाइबाई’बाट फिल्मी करियर सुरु गरेका हुन्।
फिल्म ‘मुखौटा’, ‘सम्बोधन’ हुँदै ‘ऐश्वर्य’सम्म आइपुग्दा प्रशान्तको चर्चा ह्वात्तै बढेको छ। ऐश्वर्यमा खलनायक ‘राघव’को क्यारेक्टरमा देखा परेका प्रशान्त पछिल्लो समय व्यस्त कलाकारहरुको रुपमा चिनिन्छन्। उनी अभिनित फिल्म ‘जय शम्भु’ भाद्र १ बाट प्रदर्शनको तयारीमा रहेको छ।
त्यस्तै अर्का कलाकार अनुपविक्रम शाही पनि नेपाली फिल्म बजारका व्यस्त कलाकार हुन्। फिल्म ‘सौर्य’बाट नेपाली रजतपटमा झुल्किएका अनुपले अहिलेसम्म दर्जन बढी फिल्महरुमा अभिनय गरि सकेका छन्। नायक तथा खलनायक दुवै क्यारेक्टरमा आफूलाई प्रस्तुत गर्नसक्ने अनुप पनि मोडलिङ र फेसन क्षेत्रबाटै कलाकारीतामा आएका हुन्। उनी सन् २०१३ का ‘म्यानहन्ट इन्टरनेसनल नेपाल’का विजेता हुन्। अनुपले सन् २०१६ मा चीनमा आयोजित ‘म्यान्हन्ट इन्टरनेसनल वल्र्ड’मा पनि आफूलाई उभ्याएका थिए।
यिनै दुई कलाकार प्रशान्त र अनुप भाद्र १ बाट फिल्म ‘जय शम्भु’मा एक साथ पर्दामा देखिँदैछन्। लभस्टोरी एक्सन विधामा निर्माण भएको फिल्ममा वर्षा सिवाकोटी मुख्य अभिनेत्रीका रुपमा रहनेछिन्। पछिल्लो समय नेपाली फिल्म बजारमा कमेडी जनरामा बनेका फिल्महरुमात्र बढी रुचाइरहेका दर्शकका लागि ‘जय शम्भु’ विशेष खुराक बन्नसक्ने बताउँछन् कलाकार प्रशान्त ताम्राकार। आफ्नो अभिनय र निर्माण टोलीको मिहिनेतले दर्शकको मन जित्नेमा ढुक्क देखिन्छन् अर्का कलाकार शाही।
कलाकारद्वय प्रशान्त ताम्राकार र अनुपविक्रम शाहीसँग व्यक्तिगत तथा फिल्मी जीवनका सम्बन्धमा नेपाल लाइभका लागि मनोज न्यौपानेले गरेको कला संवाद:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।