काठमाडौं– वर्तमान कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेको मितिलाई आधार मानेर नेपाल विद्यार्थी संघको कार्यकाल भाद्र २ सम्मलाई तोकिएको छ। संघको निर्देशक समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो।
नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतको घरमा बसेको निर्देशक समितिको बैठकले भाद्र २ सम्म वर्तमान कार्यसमितिको कार्यकाल रहने टुङगो लगाएको हो। विशेष परिस्थितिमा तीन महिना अवधि बढाउन सक्ने प्रावधान छ।
बैठकले नेविसंघको महाधिवेसन आयोजना गर्न कार्ययोजना माग गर्ने निर्णयसमेत गरिएको केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष एवम् कांग्रेस नेता प्रदीप पौडेलले जानकारी गराए। भाद्र २ सम्ममा वर्तमान कार्य समितिले महाधिवेसनका गर्नका लागि गरेको तयारी निर्देशक समितिलाई जानकारी गराउन अध्यक्षलाई निर्देशन गरिएको पौडेलले बताए।
अधिवेसन सम्पन्न गर्नका लागि संघले गरेको तयारीका आधारमा पार्टीले सहयोग गर्ने निर्णय गरिएको पनि उनको भनाइ थियो।
संघको १२औं महाधिवेसनका विषयलाई लिएर आन्तरिक विवाद भएपछि निर्देशक समितिको बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।