• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

निर्वाचन मत परिणामको सन्देश

डा डिला संग्रौला  शनिबार, मंसिर २४, २०७९  २०:२७
1140x725

निर्वाचन आफैंमा एउटा लोकतान्त्रिक अभ्यास हो। याे जनताबाट कुन पार्टी अनुमोदित हुने, कुन दल ठूलो र सानो हुने मात्र होइन, कसका अजेन्डालाई जनताले मन पराएर मत प्रदान गरे भनेर मापन गर्ने कसी पनि हो। आगामी सरकारले जनताको अभिमतलाई कार्यान्वयन गर्न सक्छ कि सक्दैन र मनोभावनालाई कदर गर्छ कि गर्दैन भन्ने सन्देश पनि हो।

निर्वाचनको अवधिमा जनतालाई भगवान सरह ढोग्दै आशिर्वाद लिने तीव्र होडबाजी विभिन्न राजनीतिक दलका उम्मेदवारबीच हुने गर्दछ। निर्वाचित भइसकेपछि जनताको अपेक्षालाई सम्बोधन गर्ने अभिभावक पनि निर्वाचित सांसद नै हुने गर्दछन्। त्यसैले यो दुवैबीच नङ र मासुको सम्बन्ध बन्नु नै पर्दछ।

निर्वाचनको मत परिणामले आगामी सरकार निर्माण गर्ने कार्यदिशा प्रदान गरेको छ भने जनताको भावना विपरीत कार्य गरेमा फेरि ५ वर्षपछि जनताले नै दण्डित गर्छन् भन्ने सन्देश पनि प्रवाह गरेको छ। त्यसैले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन- २०७९ को मत परिणाम अंक गणितको खेल मात्र होइन, यसले केही सकारात्मक सन्देश पनि दिएको छ।

निर्वाचन परिणामबाट कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त भएको छैन। त्यसैले आगामी सरकार पनि गठबन्धनकै बन्ने पक्कापक्की जस्तै देखिन्छ। 

प्रतिनिधि सभा मत परिणामको सन्देश
प्रतिनिधि सभामा १२ राजनीतिक दलको प्रतिनिधित्व भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसदीय यात्रामा प्रवेश गर्दैछन्। स्वतन्त्र रुपमा निर्वाचित प्रतिनिधि सभा सदस्य पाँच जना छन्। प्रत्यक्षमा न्यूनतम एक सिट र समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्ने दलको संख्या सात छ। निर्वाचन आयोगले सार्वजानिक गरेको अन्तिम मत परिणाम अनुसार, कांग्रेस प्रत्यक्षमा ५७ सिट र समानुपातिकमा ३२ सिट गरी ८९ सिटसहित पहिलो दल बनेको छ। उसले समानुपातिकतर्फ २५.७१ प्रतिशत मत प्राप्त गरेको छ ।

५ वर्ष अघिको निर्वाचनमा पहिलो दल बनेको एमाले प्रत्यक्षमा ४४ सिट र समानुपातिकमा ३४ सिट गरी ७८ सिटमा खुम्चिएको छ। उसले समानुपातिकमा २६.९५ प्रतिशत मत प्राप्त गरेको छ। ऊ दोस्रो ठूलो दल हो। माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी जम्मा ३२ सिट प्राप्त गरेको छ।  समानुपातिकमा उसले ११.१३ प्रतिशत मत प्राप्त गरेको छ। ऊ तेस्रो ठूलो दल बनेको छ।

रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी जम्मा २० सिट प्राप्त गरेको छ।  समानुपातिकमा उसले १०.७० प्रतिशत मत प्राप्त गरेको छ। ऊ चौंथो ठूलो दल हो। राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ प्राप्त गरेको छ। समानुपातिकमा उसले ५.५८ प्रतिशत मत प्राप्त गरेको छ। ऊ पाँचौँ ठूलो दल बनेको छ।

जनता समाजवादी पार्टी (जसपा) ले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरी जम्मा १२ सिट प्राप्त गरेको छ। उसले समानुपातिकमा ३.९९ प्रतिशत मत प्राप्त गरेको छ। जनमत पार्टीले प्रत्यक्षमा एक र समानुपातिकमा ५ गरी जम्मा ६ सिट प्राप्त गरेको छ। समानुपातिकतर्फ उसले ३.७४ प्रतिशत मत प्राप्त गरेको छ। ऊ सातौँ ठूलो दल हो।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी नियाल्दा एमाले, कांग्रेस, माओवादी केन्द्रको समानुपातिक मत प्रतिशत अघिल्लो निर्वाचनको तुलनामा घटेको छ। पहिलो पटक निर्वाचनमा भाग लिएका रास्वपा लगायत अन्य दलले उल्लेख्य मत पाएका छन्।

यो मत परिणामले तीन ठूला दलका मुख्य तीन कमजोरीलाई उजागर गरेको देखिन्छ। मुख्यतः परम्परागत कार्यशैलीमा सुधार गर्न नसक्नु, जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न नसक्नु र सरकारमा रहँदा छिटो छरितो डेलिभरी नदिनु नै मत घट्नुको कारण हो।

प्रदेश सभाको सन्देश
प्रदेश सभातर्फ कांग्रेस चार प्रदेश (बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश) मा ठूलो दल बनेको छ। त्यस्तै, एमाले तीन वटा प्रदेश (प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेश) मा ठूलो दल बनेको छ।

प्रदेश १
९३ सिट रहेको प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सिट जितेर पहिलो दल बनेको छ। कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सिट जितेर दोस्रो ठूलो भएको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ सहित १३ सिट जितेर तेस्रो ठूलो दल बनेको छ।

त्यस्तै, एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ सहित कुल ४ सिट जितेको छ। राप्रपाले प्रत्यक्षमा २ र समानुपातिकमा ४ गरी ६ सिट जितेको छ। जसपाले समानुपातिकमा १ सिट पाएको छ।

मधेस प्रदेश
१०७ सिट रहेको मधेस प्रदेशमा एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी २३ सिट जितेर पहिलो दल बनेको छ। कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट जितेर दोस्रो ठूलो दल भएको छ। जसपाले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सिट गरी १६ सिट जितेर तेस्रो ठूलो दल भएको छ।

लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी कुल ९ सिट जितेको छ। जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी कुल १३ सिट जितेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी जम्मा ८ सिट जितेको छ।

त्यस्तै, एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी कुल ७ सिट जितेको छ। राप्रपा नेपाल, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ १/१ सिट प्राप्त गरेका छन्।

मधेस प्रदेशमा ६ जना स्वतन्त्र सांसद विजयी भएका छन्।

बागमती प्रदेश
११० सिट रहेको बागमती प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी कुल ३७ सिट जितेर पहिलो दल बनेको छ। एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट जितेर दोस्रो ठूलो दल बनेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा १४ र समानुपातिकमा ७ गरी २१ सिट जितेर तेस्रो ठूलो दल बनेको छ। राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी १३ सिट जितेर चौथो ठूलो दल बनेको छ।

बागमती प्रदेशमा नेमकिपाले प्रत्यक्षमा १ र समानुपातिकमा २ सिट प्राप्त गरेको छ। हाम्रो नेपाली पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा १ सिट प्राप्त गरेकाे छ।

गण्डकी प्रदेश
६० सिट रहेको गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरी कुल २७ सिट जितेर पहिलो दल बनेको छ। एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट गरी कुल २२ सिट जितेर दोस्रो ठूलो दल बनेको छ। माओवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी जम्मा ७ सिट जितेर तेस्रो दल बनेको छ। प्रत्यक्षतर्फ नेपाल समाजवादी पार्टीले १ सिट र स्वतन्त्रले १ सिटमा जितेका छन्। राप्रपाले समानुपातिकबाट २ सिट प्राप्त गरेको छ।

लुम्बिनी प्रदेश
८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा एमालेले प्रत्यक्षमा १८ र समानुपातिकमा ११ गरी कुल २९ सिट जितेर पहिलो दल बनेको छ। कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १० सहित जम्मा २७ सिट जितेर दोस्रो ठूलो दल बनेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ४ गरी कुल ९ सिट जितेको छ। ऊ तेस्रो ठूलाे दल बनेको छ।

जसपाले प्रत्यक्षमा २ र समानुपातिकमा १ सिट जितेको छ। नागरिक उन्मुक्ति पार्टी र राप्रपाले प्रत्यक्ष र समानुपातिकमा २–२ सिट जितेका छन्। लोसपाले प्रत्यक्षमा २ र समानुपातिकमा १ सिट जितेको छ। जनमत पार्टीले प्रत्यक्ष र समानुपातिकमा १–१ सिट जितेकाे छ। राष्ट्रिय जनमोर्चाले समानुपातिकमा १ सिट जितेको छ। त्यहाँ  ३ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन्।

कर्णाली प्रदेश
४० सिट रहेको कर्णाली प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा ९ र समानुपातिकमा ५ सहित जम्मा १४ सिट जितेर पहिलो दल बनेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ समेत १३ सिट प्राप्त गरी दोस्रो ठूलो दल बनेको छ। एमालेले प्रत्यक्षमा ५ र समानुपातिकमा ५ गरेर जम्मा १० सहित तेस्रो ठूलो दल बनेको छ। एकीकृत समाजवादी र राप्रपाले समानुपातिकतर्फ १–१ सिट प्राप्त गरेका छन्। १ जना स्वतन्त्र सांसदले पनि जितेका छन्।

सुदूरपश्चिम प्रदेश
५३ सिट रहेको सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १२ र समानुपातिकमा ७ गरी कुल १९ सिट जितेर पहिलो दल बनेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ८ र समानुपातिकमा ३ सहित कुल ११ सिट जितेर दोस्रो ठूलो दल बनेको छ।

एमालेले प्रत्यक्षमा ३ र समानुपातिकमा ५ गरी कुल ८ सिट जितेर तेस्रो दल बनेको छ। नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी कुल ७ सिट जितेको छ। एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी कुल ४ सिट जितेको छ। राप्रपाले समानुपातिकमा १ सिट जितेको छ। एक जना स्वतन्त्र सांसद पनि छन्।

सातै प्रदेशको मतपरिणामले अघिल्लो निर्वाचनको तुलनामा ठूला दलको समानुपातिक मत घटेको देखिन्छ। यसका केही कारण छन्। पाँच वर्षभित्र प्रदेश सरकार फेरबदल भयो, तर सरकारको कामबाट जनताले राहत पाउन सकेनन्। सुशासनको प्रत्याभूति दिन सकेनन्। प्रदेश १ ले प्रदेशको नामाकरण पनि गर्न सकेन। प्रदेश सरकारको औचित्यमाथि जनताले औंलो ठड्याए। प्रदेशमा बन्ने आगामी सरकारले  विगतका कमिकमजोरीलाई सुधार्दै जनताप्रति जिम्मेवार बन्नै पर्छ।

अन्त्यमा, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले ठूला राजनीतिक दल सच्चिनुपर्ने सन्देश दिएको छ। साथै, सुशासनको जगमा समृद्धिको यात्रा तय गरिनुपर्छ भन्ने सन्देश पनि प्रवाह गरेको छ।

निवर्तमान सांसद संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल मौसम र विकट भूगोल चुनौती
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् !
नेपालको जलवायु न्यायका पक्षमा ३० देशका सांसद, चारबुँदे घोषणापत्र पारित
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल मौसम र विकट भूगोल चुनौती शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
नेपालको जलवायु न्यायका पक्षमा ३० देशका सांसद, चारबुँदे घोषणापत्र पारित शनिबार, भदौ २०, २०८३
माथिल्लो त्रिशुली १ को सुरुङमा दुई जनाको शव भेटियो शनिबार, भदौ २०, २०८३
चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्