• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

व्यक्ति होइन, न्यायपालिकाको पद्धति मुख्य विषय

64x64
नेपाल लाइभ बुधबार, साउन २३, २०७५  ११:३३
1140x725

जुन उद्देश्यका साथ सुनुवाइ समिति बनाइएको थियो, त्यस अनुरुप अहिलेको सुनुवाइ समितिले काम गर्न सकेन। प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अनुमोदन नगर्ने प्रक्रियामा समिति कहीँ न कहीँ चुकेको छ।

हाल उब्जिएको प्रश्न जोशी वा अरु कोही व्यक्तिको विषय हुँदै होइन। न्यायालयको स्वन्त्रताको विषयमा हो।

वर्तमान परिस्थिति निर्माण हुनुमा पृष्ठभुमि हेर्नुपर्ने हुन्छ। अन्तरिम संविधानमा सुनुवाइको व्यवस्था राखिएको थियो। एक जनाले मात्रै अनुमोदन गरे पनि पारित हुने व्यवस्था थियो। उजुरीहरु बेनामी पनि गर्न पाइने व्यवस्था थियो।

अहिलेको समितिको नियमावलीमा बेनामी उजुरी नलिने र दुई तिहाइले पास गर्नुपर्ने प्रावधान राखियो।

संविधानको धारा २९२ को व्यवस्था अनुसार संघीय कानुनको व्यवस्था गरिएको छ। प्रधानन्याधीशको सुनुवाइ अरु संवैधानिक निकायका पदाधिकारी अनुरुपको होइन। अस्वीकृत जोशी २०४८ मा न्याय सेवामा प्रवेश गर्नु भएको थियो। न्याय परिषद्ले न्याय क्षेत्रमा प्रवेश गर्दा सबै अभिलेखहरु राख्ने गर्छ। न्याय क्षेत्रमा लामो समय काम गर्दै उहाँ २०७०/०७१ तिर सर्वोच्चमा प्रवेश गर्नुभएको हो। न्यायधीशमा आउने समयमा पनि जोशीको सुनुवाइ भएकै हो।

संवैधानिक परिषदले राजदूत, संवैधानिक निकाय, प्रधानन्यायधीशको अभिलेख राखेको हुन्छ। गोप्य रुपमा राखिने अभिलेखमा अरुको पहुँच हुँदैन। संवैधानिक परिषद्लाई जानकारी भएको अभिलेखलाई बाहिर भंग गर्न मिल्दैन। जोशी नियुक्ति भइसकेपछि जे जति न्याय सम्पादन गर्दै आउनुभएको थियो, त्यसमा कमजोरी भएको भए उजुरी पर्थ्यो। सुनुवाइ समितिले गर्नुपर्ने काम के थियो भने जोशी न्यायधीशमा छनौट भइसकेपछि उनले गरेका न्याय सम्पादनका काम कारबाही हेर्नुपर्ने थियो। गलत आचरण भएको भए न्याय परिषदले कारबाही गर्ने कानुनी व्यवस्था छ। त्यस समय गरेको कामको आधारमा समितिमा दुई उजुरी मात्रै परेको भनियो। एनआरएन भवन र एक जना महिलाको मोही सम्बन्धी हकका दुई उजुरी परेको थियो। तर, दुवै उजुरीमा समितिले असन्तुष्टि जनाएन। 

न्यायधीश भएदेखि प्रधानन्यायधीश सिफारिस हुने बेलासम्म भएका काम कारबाहीलाई समितिले अध्ययन गर्नुपर्ने थियो। अर्को अध्ययन गर्ने विषय प्रधानन्याधीशमा जिम्मेवारी पाइसकेपछिका योजनाहरु हुन्। यी दुई विषयमा सन्तोषजनक जवाफ आए/नआएको समितिले जान्ने कुरा हो। छलफल नै नभएको विषयलाई समितिका सदस्यहरुले बाहिर मिडियामा ल्याए। सदस्यहरुले जुन रुपमा विषयलाई नजरअन्दाज गरी मिडियामा प्रकाशित भए, त्यसले राम्रो सन्देश दिएन।

संवैधानिक परिषद्ले जोशीलाई सिफारिस गर्दा उच्च नैतिक आचरण भएको ,योग्यता क्षमता, अनुभवको आधारमा छनौट गरेको थियो। संवैधानिक परिषद्का सदस्यहरु सन्तुष्ट भइसकेपछि सिफारिस गरिएको हो। आधार र कारण खुलाएर सुनुवाइमा पठाउने गरिएको हुन्छ। सिम्बोल नम्बरको कारण देखाइयो। ६ वटा बुदाँमा आरोप लगाइएको छ। आरोपका बुदाँहरु मनोगत छन्। प्रधानन्यायाधीश संस्था हो, व्यक्ति होइन। हुर्मत लिने काम भएको छ। अस्वीकृत प्रक्रियालाई जुन रुपमा बढाइयो, त्यसले न्यायालय गरिमा घटेको छ। जनआस्थामा नकारात्मक असर पारेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सुनुवाइको क्रममा जोशीका फैसला, आदेशलाई आधार मानिएको छैन। न्यायलयलाई गिराउने काम भएको छ। पार्टीहरुले आफू अनुकूल न्यायालय बनाउनका लागि कब्जामा लिने प्रयत्न गरेकै हुन्/छन्। संविधान बन्ने समयमा न्यायालयलाई संसदको मातहत राख्ने प्रयास पनि गरिएको थियो। स्वतन्त्र र सक्षम न्यायापालिकाको कुरा संविधानको प्रस्तावनामा उल्लेख गरिएको छ। कानुनी शासन भनिएको छ, तर त्यस अनुरुपको व्यवहार देखिएको छैन।

न्यायालय खस्किएको अवस्थामा राज्यका अन्य अंगहरुमा पनि नकरात्मक असर पर्दछ। दरबार, सरकारका विरुद्धमा पनि न्यायालयले फैसला गरेकै कारण अदालतको आस्था रहेको हो। आस्थाको केन्द्रलाई सुनियोजित तरिकाले हस्तक्षेप गरिएको छ। यसलाई दुष्प्रयास भन्नुपर्छ। प्रधानमन्त्री आफैले मण्डलाको हटाइएको निषेधाज्ञा स्वीकार नगर्ने बताउनुभयो। प्रधानमन्त्रीको अभिव्यक्ति न्यायालयका विरुद्ध थियो। अदालतको फैसला मान्दिनँ भन्न मिल्ने की नमिल्ने? विसंगति न्याय क्षेत्रमा पनि छन्। विसंगति हटाउने काम राज्यको हो। गैर जिम्मेवारी अभिव्यक्ति दिदै हिँडेर विसंगति घट्दैन। न्यायलय प्रतिको प्रहार दुर्भाग्यपूर्ण छ।

कहिलेकाहीँ बाहिरको मोडल पनि देखाउने गरिन्छ। अमेरिकामा व्यक्तिले सिफारिस गर्ने हो। हामीकहाँ संवैधानिक परिषद् बनाएका छौं। सबैको उपयुक्त हुने गरी छान्नको लागि संसदीय सुनुवाइ समिति पनि छ। हामीकहाँ व्यक्ति निर्देशित मोडल होइन, सामूहिकताको सहमतिमा जोड दिइन्छ। न्यायाधीशहरु अब समितिको खटनपटनमा चल्ने अवस्था आएको छ। समिति सदस्यहरुलाई खुसी बनाउने कार्यमा प्रधानन्यायाधीशको लाइनमा भएका न्यायाधीशहरु लाग्ने गलत अवस्थाको निर्माण हुन्छ। भएको अधिकार सुझबुझपूर्ण रुपमा गर्नुपर्छ कि पर्दैन?

१० गतेदेखि सुरु भएको सुनुवाइ अनावश्यक रुपमा बढाइयो। अनुमोदन गर्ने क्रममा ‘शंकास्पद’ भनिएको छ । त्यसको अर्थ के? जाँचबुझ नै नगरी शंकास्पद? गलत हो भने गलत नै हो भन्नुपर्ने थियो। ६ वटा कारण देखाइएको छ। तर, सबै मनोगत निर्णय गरिएको छ। कर्मचारीको स्पष्टिकरण मागिए जस्तो गरिएको छ। सुनुवाइ समितिमा बसिसकेपछि पार्टीको छायाँबाट मुक्त हुनुपर्छ। सञ्चारमाध्यममा बोल्दै हिँड्ने काम गरिएको छ। समिति सदस्यहरुले नै कारबाही गर्छौ, महाअभियोग लगाउछौं भन्नु मिल्दै नमिल्ने काम हो। धम्क्याउने प्रवृत्ति जस्तो देखियो। 

प्रधानन्यायधीश हुने क्रममा रहेको व्यक्तिलाई नांगेझार पारियो। हुर्मत लिने काम भयो। सुनुवाइ समितिको अवधारणा अनुसार हुनै सकेन। संवैधानिक परिषदले सिफारिस गर्दा किन हेरेन? संवैधानिक परिषदले के–के आधार र कारणले छनौट गरेको थियो, त्यसलाई संसदीय समितिले हेर्दै हेरेन। 

न्याय परिषदको बनावटसँग सन्तुष्ट हुन सकिन्नँ। एकपटक छनौट भएको व्यक्तिलाई हचुवाको भरमा अनुमोदन नगर्ने संसदीय समितिको कार्यमा पनि प्रश्न उठेको छ। संवैधानिक परिषद्ले छनौट गरेका व्यक्तिलाई सुनुवाइ समितिलाई अस्वीकार गर्ने हो भने संवैधानिक परिषद्को कामप्रति सन्देह पैदा हुन्छ। सुनुवाइ समितिले संवैधानिक परिषद्ले अध्ययन नगरेका कुन–कुन विषयमा हेर्‍यो? कहीँ देख्न सुन्न त पाइएन। उजुरी परेको थियो भने प्रमाणपत्रको छानबिन गर्नुपर्ने हो। छानबिन गर्ने निकायलाई यथार्थ बुझ्नका लागि पत्रचार गरेको पनि पाइएन। उजुरी गर्ने व्यक्तिहरुलाई बोलाएर के कारणले उजुरी गरेको सोध्नुपर्ने हुन्छ। त्यसपछि मात्रै पुष्टि हुन्छ। प्रमाणपत्रबारे परेको उजुरीमा केही भनिएन। 

न्यायपालिकामा पनि विसंगतिहरु छन्। न्यायपालिकाको शक्ति पृथकीकरणको सिद्धान्त विपरित पूर्व प्रधानन्यायाधीश प्रधानमन्त्री बन्नुभएको थियो। न्यायाधीशहरुको दलहरुसँग नजिक हुनुपर्छ भन्ने मान्यता विकास भएको छ। जागिरे मानसिकता पनि छ। सरुवा/बढुवाका कुराहरु पनि आउँछन्। विगतमा भएका नियुक्तिहरु पनि निर्विवाद त भएनन्। इच्छा हुने कतिपय व्यक्तिहरु छुटे। विसंगति बढ्दै गएकै कारण हाल न्यायालयको गरिमा झन् घटाइयो।

विदामा बसेका जोशीले दुई काम गर्नुपर्ने थियो। पहिलो, अस्वीकृत भइसकेपछि राजीनामा गर्नुपर्ने थियो।

दोश्रो, महाअभियोग लगाउने अवस्था आए 'फेस' गर्न सक्नुपर्ने थियो। हाउसमा आफ्ना कुरा रेकर्ड गर्न सक्नुपर्ने थियो। यी–यी कारणले योग्य थिएँ भन्न सक्नुपर्थ्यो। असल काम गर्दागर्दै कोपाभाजनमा परेको भनेको भए जोशीका लागि उपयुक्त विधि हुने थियो। अन्याय परेको कुरालाई डटेर भनेको भए जोशीका लागि सकरात्मक हुने थियो। 

(डेमोक्रेटिक लयर्स एशोसिएशनका नवनिर्वाचित अधिकारीसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ मंगलबार, असोज ६, २०८३
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची मंगलबार, असोज ६, २०८३
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्