काठमाडौं– आजदेखि कार्यकाल सकिएको नेपाल विद्यार्थी संघको अवधि थप्नका लागि संघको निर्देशक समितीको बैठक बसिरहेको छ।
विधानतः दुर्ई वर्षमा महाधिवेशन गर्न नसकेको अवस्थामा बढीमा तीन महिना अवधि थप्न सकिने व्यवस्था छ। नयाँ कार्यसमितीको लागि १२ औं महाधिवेशन समयमा हुन नसकेपछि तीन महिना कार्यकाल थप्ने पार्टीको तयारी छ।
निर्देशक समितिको बैठक पार्टीका सह महामन्त्री डा प्रकाशशरण महतको घरमा बसिरहेको छ। १० सदस्यीय निर्देशक समितीले संघको विवाद मिलाउनका लागि अल्पकालिन विकल्प निकाल्ने बताइएको छ।
डा महतको संयोजकत्वमा गोविन्द भट्टराई, प्रदीप पौडेल, किशोरसिंह राठोर र गुरु घिमिरे रहेको निर्देशक समिती रहेको छ । नयाँं महाधिवेसनको लागि बनाइएको उक्त समितीमा पार्टी सभापति शेर बहादुर देउवाले गगन थापा,नवीन्द्रराज जोशी, एनपी साउद, रञ्जित कर्ण र ऋषिकेशजंग शाहलाई थपेर दश सदस्यीय समिती बनाएका छन्।
वर्तमान कार्यसमितीमा विवाद उत्पन्न भएपछि अध्यक्ष नैनसिंर महर र महामन्त्री कुन्दनराज काफ्ले समूहले समानान्तर गतिविधी गर्दै आएका छन्। अध्यक्षले विधान विपरित संगठन चलाइरहेको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएको छ भने महरले विधानले तोके बमोजिम मनोनित गरेको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।