• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘इजलासले चोलेन्द्रलाई भन्नुपर्छ: भ्रष्टाचारमा डुबेका छौ त्यसैले तिमी अदालत आउन सक्दैनौ’

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २३, २०७९  १३:२५
1140x725

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्प्रभावी (निष्क्रिय) भएको भन्दै उनको निलम्बन फुकुवा गर्ने संघीय संसद् सचिवालयका महासचिव भरत गौतमको पत्रविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ। 

प्रारम्भिक सुनुवाइका क्रममा बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ताहरुले महासचिवको उक्त पत्र विधि र प्रक्रिया विपरीत भएको दाबी गरेका छन्। महासचिव गौतमले आफ्नो अधिकारको दुरुपयोग गरी, अधिकारी क्षेत्रभन्दा बाहिर गएर महाभियोग निष्क्रिय रहेको भनेर पत्र लेखेको भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग पनि संवैधानिक इजलासमा उठेको छ।

बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले आफ्नो महाभियोगको अवस्थाबारे बुझ्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अधिकार नै नभएको बताए। उनले ‘संसद्‌को काम महासचिवले गर्न पाउँछ?’ भन्दै प्रश्न गरे। 

अब इजलास (संवैधानिक इजलास)ले नै राणालाई ‘तिमी अदालत आउन सक्दैनौ’ भनेर लेख्नुपर्ने दाबी पनि थापाले गरे। ‘इजलासले अब लेख्नुपर्छ भ्रष्टाचारमा डुबेका छौ त्यसैले तिमी अदालत आउन सक्दैनौ भनेर लेख्नु पर्छ,’ थापाले भने। 

संवैधानिक इजलासमा बहसका क्रममा थापाले राखेको भनाइ– आफ्नै प्रधानन्यायाधीशले सफाइ पाएको हो कि हैन भनेर मुद्दा हेरिरहेको छौं। यो रेयर केस हो। यो दु:खद् हो। शताब्दीमा एकपटक पाउछौँ हो। प्रधान्यायाधीशले अरुमाथि न्याय गर्न बेञ्चमा बस्छ, तर आज त्यही प्रधानन्यायाधीशमाथि यहाँ बहस गरेर आदेश गर्दै छौँ। यो सुखद अवस्थाको सृष्टि पक्कै हैन।

संसदीय अभ्यास के हुने भनेर हामी अन्तरिम आदेशबाट झल्को दिनु पर्छ। संसद्ले पूर्ण कार्यकाल बसेर अभ्यास नै गर्न पाएन। हरेकपटक संसद मर्दै आएको छ। महाभियोग मर्दैन। यो मुद्दा, आरोप हो। यसको फैसला हुनै पर्छ। समक्ष वा सम्बन्धित निकायबाट यो टुंगोमा पुग्नुपर्छ। स्वतन्त्र न्यायलयका लागि पनि यो आवश्यक छ। भ्रष्टाचारमा हदम्याद लाग्दैन।

कानुनले तोकेको जन्जिरबाट  कोही पनि मुक्त हुन सक्दैन। प्रधानन्यायाधीशमाथि लागेको माआभियोग पत्रबाट खुल्छ त? आदेशभित्र न्याय छ त ?  महाभियोग अरुलाई आरोप लगाएर सकिँदैन। मलाई आरोप लगाएर वा अरुलाई लगाएर महाभियोगबाट सफाइ पाइँदैन। न्यायिक आदर्श र विश्वसनियताका लागि यसमा हेरिनु पर्छ। 

संसदको महासचिवले चोलेन्द्रको निवेदनमा लेखेको देखियो। चोलेन्द्रले निवेदन दिने अधिकार कहाबाट आयो? कुन अधिकार अनुसार लेखे? संसद्‌को काम महासचिवले गर्न पाउँछ?  यो मिलेमतो दुषित जालसाजी हो। यसमा उहाँहरुको मिलेमतो छ। नत्र महासचिवको टेबलमा जान्छ, अनि कसरी तोक लागेर पत्र लेखिन्छ? इजलासले अब लेख्नुपर्छ भ्रष्टाचारमा डुबेका छौ त्यसैले तिमी अदालत आउन सक्दैनौ भनेर लेख्नु पर्छ। यस्तो विषयमा सोही दिन वा बिदामा पनि राख्न पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन्।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष शाक्यसहित पदाधिकारीहरुले गत वुधबार राणाको महाअभियोग निष्क्रिय भएको भनि लेखेको पत्रविरुद्ध सार्वजनिक सरोकारको रिट दायर गरेका थिए। 

सत्ता गठबन्धनका सांसदहरुले १ फागुन २०७८ मा महाभियोग प्रस्ताव दर्ता गरेपछि राणा निलम्बनमा परेका थिए। राणाविरुद्ध दर्ता भएको महाभियोगको सन्दर्भमा संसद्‌को महाभियोग सिफारिस समितिमा छलफल समेत भएको थियो। तत्कालीन समितिले राणाको समेत बयान लिएर राणाविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासमक्ष प्रतिवेदन बुझाएको थियो। 

प्रतिवेदनमा गरिएको सिफारिसअनुसार महाभियोगको प्रक्रिया अगाडि बढाउन नपाउँदै तत्कालीन संसद्‌को कार्यकाल सकिएको थियो। संसद्‌को कार्यकाल सकिएपछि राणाले गत असोजमै सर्वोच्च अदालतमा उपस्थित भएर हाजिर लगाउने प्रयास गरेका थिए। तर कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै धर्ना दिएपछि सर्वोच्च प्रवेश गर्ने राणाको प्रयास सफल हुन सकेको थिएन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मंसिर ४ गते प्रतिनिधि सभाको निर्वाचन सकिएर मतपरिणाम सार्वजनिक भएपछि संसद् सचिवालयका महासचिव गौतमले बुधबार (मंसिर २१ गते) राणाविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी (निष्क्रिय) रहेको भन्दै पत्र लेखेका थिए। 

संसद् सचिवालयका महासचिवको पत्रपछि राणाले बुधबार सर्वोच्च प्रवेशको प्रयास गरेका थिए। तर, कानुन व्यवसायीको विरोधका कारण सर्वोच्च फर्किने राणाको दोस्रो प्रयास पनि सफल हुन सकेन। 

बुधबारै सर्वोच्च बारका पदाधिकारीले संसद्‌ सचिवालयको उक्त पत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दिएका थिए। उक्त रिट निवेदनमा मागदाबी गरिएअनुसार पत्र खारेज हुने आदेश भएमा कार्यकाल सकिनु अगाडि सर्वोच्च फर्किएर ‘हाजिर लगाउने’ राणाको चाहनामा पूर्णविराम लाग्ने छ। 

राणाको कार्यकाल मंसिर २७ गते सकिँदैछ। त्यसपछि उनी अनिवार्य अवकाशमा जानेछन्। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अनु परियारले घटनाले सम्झाएको सिल्भी यास्मिनाको सीमाहीहिन प्रेमदेखि नारकीय जीवनवाट उद्धारसम्मको कथा
मुगुमा रारा घुम्न गएका पर्यटक सवार जीप दुर्घटना : तीन जनाको मृत्यु, मृतक र घाइते पहिचान खुल्यो
भुर्तेल र सामराको कीर्तिमानी साझेदारीमा एनपीएल इतिहासमै पोखराले बनायो २२४ रनको कीर्तिमान
सम्बन्धित सामग्री
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्लेख गरे । आइतबार, कात्तिक २९, २०८३
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास ! प्रहरी हिरासतमा रहेका इनमको मोबाइल प्रहरी अनुसन्धानकै क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको घरमा लगिएको र इनमसँगको कन्भर्सेसन... आइतबार, कात्तिक २९, २०८३
तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको चेतावनी सरकारले नागरिकको विश्वास गुमाउँदै गएको उनले बताए । आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
अनु परियारले घटनाले सम्झाएको सिल्भी यास्मिनाको सीमाहीहिन प्रेमदेखि नारकीय जीवनवाट उद्धारसम्मको कथा आइतबार, कात्तिक २९, २०८३
मुगुमा रारा घुम्न गएका पर्यटक सवार जीप दुर्घटना : तीन जनाको मृत्यु, मृतक र घाइते पहिचान खुल्यो आइतबार, कात्तिक २९, २०८३
भुर्तेल र सामराको कीर्तिमानी साझेदारीमा एनपीएल इतिहासमै पोखराले बनायो २२४ रनको कीर्तिमान आइतबार, कात्तिक २९, २०८३
एनपीएल इतिहासमा पहिलो शतक प्रहार गर्ने खेलाडी बन्नबाट एक रनले चुके कुशल भुर्तेल आइतबार, कात्तिक २९, २०८३
काठमान्डूले टस जित्यो, पोखरा ब्याटिङमा आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्