हेटौंडा– हेटौंडामा रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ। बुधबार बिहान १० बजेतिर विद्युत चुहावटका कारण अागलागी भएकाे हाे।
यद्यपी हलमा बिहानी सो नभएका कारण आगलागीमा मानवीय क्षती भने नभएको मकवानपुरका प्रहरी प्रमुख एसपी बुद्धीराज गुरुङले बताए। एसपी गुरुङका अनुसार २ घन्टामा आगलागी नियन्त्रणमा लिइएकाे छ।
आगलागीबाट कति क्षति भएकाे भन्नेबारे यकिन नभइसकेकाे गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।