• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

समानुपातिकमा ५ महिला अनिवार्य हुँदा राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २३, २०७९  १३:१२
1140x725

काठमाडौं– प्रतिनिधि सभाको भदौ १९ गतेको बैठकमा आफ्नो अन्तिम भनाइ राख्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसद्‌बाट राजनीमा घोषणा गर्दै आफू अर्को संसद्‌मा दलबलसहित आउने घोषणा गरेका थिए। 

यो पाँच वर्षमा धेरै तिता-मिठा अनुभव सँगाल्नुपरेको बताउँदै उनले एक्लो हुँदा उपेक्षित भएको बताएका थिए। उनले भनेका थिए, 'एक्लो सांसद होइन, बलियो पार्टीको रुपमा आउने संकल्प र अठोटका साथ निर्वाचनमा जाँदैछु।’

अध्यक्ष लिङ्देनले आफ्नो घोषणा अनुरुपकै नतिजा हासिल गरेका छन्। राप्रपा छटौं दल बन्न सफल भएको छ। प्रत्यक्षतर्फ ७ सिट जितेको पार्टीले समानुपातिकमा पनि त्यति नै हासिल गरेको छ।

राप्रपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा समानुपातिकतर्फ सांसद् चुन्ने तयारी गरिरहेको छ। हरेक राष्ट्रिय दलले संघीय संसद्‌मा कम्तीमा ३३ प्रतिशत महिला सांसदको प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतर्फ जोडेर पुर्‍याउनुपर्ने हुन्छ।

राप्रपाबाट प्रत्यक्षमा कुनै पनि महिला निर्वाचित हुन सकेनन्। त्यसैले १४ जना सांसदका आधारमा ५ जना महिला समानुपातिकबाटै पठाउनुपर्नेछ।  

त्यसभित्र पनि २ जना आदिवासी जनजाति, दुई खस-आर्य र एक मधेसी अनिवार्य गरिएको छ। आदिवासीबाट एक जना पुरुष र एक जना महिला लैजाने सम्भावना धेरै रहेको पार्टीका नेताहरु बताउँछन्। 

पुरुषतर्फ बुद्धिमान तामाङले अवसर पाउन सक्छन् भने महिलामा विना लामा तामाङ समेटिनेछिन्। महिला धेरै लिनुपर्ने भएकाले यो कलस्टरबाट विनिता मगैयाको पनि सम्भावना रहन्छ।

यस्तै खस आर्यबाट पनि पुरुषमा पशुपति शमशेर राणाको सम्भावना बलियो छ। यदि अन्य कलस्टरबाट पुरुष नल्याउने हो भने डा प्रकाशचन्द्र लोहनीले यही कलस्टरबाट अवसर पाउन सक्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यो कलस्टरबाट महिला रोशन कार्की पहिलो छनोटमा पर्नेछिन्। सम्भावना रहेकाहरुमा गीता बस्नेत र अञ्जना शाह रावल छन्। 

मधेशी अनिवार्य गरिएकाले महिलाका साथै मधेसी कोटा पूरा गर्न विना जयसवाललाई सांसद् बनाउने सम्भावना धेरै देखिन्छ। यदि माथिका दुई कलस्टरबाट पुरुष परेनन् भने प्रह्लादप्रसाद साहको पालो आउनेछ।

अन्य कलस्टरहरुमा थारु पुरुषको पहिलो नम्बरमा गिरिधारीप्रसाद चौधरी छन् भने महिलामा शिलाकुमारी थारु छिन्। दलितमा ऋषिबाबु परियार र अनिषा नेपाली पहिलो नम्बरमा छन्। मुस्लिममा अन्जरा आलम र नजिया खातुन रहेका छन्। 

दुई सिटमा त्रिपक्षीय प्रतिस्पर्धा
लिङदेनले अहिले गरिरहेको 'आदर्श'को राजनीति हो। उनी अन्य पार्टीका नेताभन्दा आफूलाई फरक देखाउन चाहन्छन्। त्यही वाचा गरेर एक जनाबाट १४ सांसद् पुर्‍याएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कानुनले अनिवार्य नगरे पनि राप्रपालाई एउटा धर्मसंकट अवश्य पर्नेछ। सीमान्तकृत र पिछडिएको वर्गबाट सांसद् चुन्नुपर्ने हुन्छ। जस्तो: दलित, मुस्लिम आदिबाट सांसद् बनाउनु अनिवार्य हुँदैन। तर त्यताबाट नसमेट्दा प्रश्न स्वभाविक रुपमा उठ्छ। 

त्यताबाट समेट्दा अर्को सकस छ, पार्टीका हेबिवेट नेता राणा र तामाङ छुट्छन्। जसले सांसद् बन्नका लागि चुनावअघि नै रस्साकस्सी समेत गरेका छन्। 

त्यसमा पनि राणाले यस पटक सांसद बन्नका लागि धेरै मिहिनेत र आकांक्षा राखेका छन्। आर्थिक रुपमा पनि पार्टीलाई 'ब्याकअप' गरेका छन्। 

उनले समानुपातिकतर्फ पहिलो नम्बरमा पर्न वरिष्ठ नेता डा लोहनीसँग गोलाप्रथा गर्नुपरेको थियो। गोला प्रथाबाट दोस्रो नम्बरमा पुगे पनि सांसद् बन्ने दावी डा लोहनीले पनि छाड्ने छैनन्। 

उता दुई कलस्टर एकसाथ पूरा हुने उपसभापति तामाङको दावी पनि रहनेछ। राप्रपाले पाउने जम्मा दुई सिटमा प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ। राणा छुट्ने सम्भावना त न्यून देखिन्छ तर तामाङ र डा लोहनीको भने प्रतिस्पर्धा कायम छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अनु परियारले घटनाले सम्झाएको सिल्भी यास्मिनाको सीमाहीहिन प्रेमदेखि नारकीय जीवनवाट उद्धारसम्मको कथा
मुगुमा रारा घुम्न गएका पर्यटक सवार जीप दुर्घटना : तीन जनाको मृत्यु, मृतक र घाइते पहिचान खुल्यो
भुर्तेल र सामराको कीर्तिमानी साझेदारीमा एनपीएल इतिहासमै पोखराले बनायो २२४ रनको कीर्तिमान
सम्बन्धित सामग्री
एनपीएलः सुदूरपश्चिम पहिला बलिङमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएको छ । सोमबार, कात्तिक १६, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
ताजा समाचारसबै
अनु परियारले घटनाले सम्झाएको सिल्भी यास्मिनाको सीमाहीहिन प्रेमदेखि नारकीय जीवनवाट उद्धारसम्मको कथा आइतबार, कात्तिक २९, २०८३
मुगुमा रारा घुम्न गएका पर्यटक सवार जीप दुर्घटना : तीन जनाको मृत्यु, मृतक र घाइते पहिचान खुल्यो आइतबार, कात्तिक २९, २०८३
भुर्तेल र सामराको कीर्तिमानी साझेदारीमा एनपीएल इतिहासमै पोखराले बनायो २२४ रनको कीर्तिमान आइतबार, कात्तिक २९, २०८३
एनपीएल इतिहासमा पहिलो शतक प्रहार गर्ने खेलाडी बन्नबाट एक रनले चुके कुशल भुर्तेल आइतबार, कात्तिक २९, २०८३
काठमान्डूले टस जित्यो, पोखरा ब्याटिङमा आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्