विराटनगर- सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने उनका भाइ बेपत्ता भएका छन्।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार रामधुनी नगरपालिका–३ का दिनेश खड्काका ११ वर्षीया छोरी सिर्जना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का बिहान भाँडा माझ्ने क्रममा चिप्लिएर खोलामा खस्दा बगाएर बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी र स्थानीयवासी मिलेर खोजबिनका क्रममा मंगलबार साँझ ५ बालिकाको शव फेला पारेको थियो भने बालकको खोजी भइरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।