काठमाडौं— कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलमा दक्षिण कोरियाले सनसनीपूर्ण कमब्याक गरेको छ।
दोस्रो हाफको अतिरिक्त समयमा दोस्रो गोल गर्दै दक्षिण कोरियाले पोर्चुगलविरुद्ध अग्रता बनाएको हो।
दक्षिण कोरियाविरुद्ध खेलको ५ औं मिनेटमा रिकार्डो होर्ताले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।
खेलको २६ औं मिनेटमा डिफेन्डर किम योङ ग्वानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
९० मिनेटपछि थप गरिएको समयमा सनको पासमा ह्वाङ हि चानले गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।