• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुविधाजनक बहुमतसहितको सरकारका लागि रेशम चौधरी फकाउँदै गठबन्धनका नेता

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १५, २०७९  २१:२१
1140x725

काठमाडौं- मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम लगभग आइसकेको छ। मतदानकै क्रममा विवाद भएपछि मतगणना रोकिएका स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरा जिल्लामा पनि मतगणना सुरु भइसकेको छ, र अबको १/२ दिनभित्र नतिजा आइसक्ने जनाइएको छ। 

निर्वाचनको अन्तिम नतिजा आउँदै गर्दा दलहरु नयाँ सरकार गठनको दौडधुपमा छन्। सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु भावी सरकारको समीकरण बनाउन लागिपरेका छन्। 

सरकार गठनका लागि संसदीय गणित मिलाउने दौडधुप चलिरहँदा टीकापुर हत्याकाण्डको मुद्दामा जेलमा रहेका ‘थारु नेता’ रेशम चौधरी दलहरुको केन्द्र भागमा परेका छन्। रेशमकै अगुवाइमा गठन भएको नागरिक उन्मुक्ति पार्टीले यस पटक प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३ सिट जितेको छ। सत्ता गठबन्धनका दलहरुले सरकार गठनको तयारी गरिरहँदा सुविधाजनक बहुमत पुर्‍याउनका लागि नागरिक उन्मुक्तिको पनि साथ समर्थन खोजिरहेका छन्।

मतगणना चलिरहेकै अवस्थामा गठबन्धन दलका केही शीर्ष र दोस्रो तहका नेताहरुले रेशमलाई जेलमै गएर भेटवार्ता गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले चौधरीलाई जेलमै गएर भेटेका छन्।  

काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका चौधरीलाई भेटेर नेताहरु संघ र प्रदेशमा सरकार बनाउन आग्रह गरेका छन्। तर पार्टीले आफूहरुको मुद्दा सम्बोधन नहुन्जेल कसैलाई पनि कुनै प्रकारको सहयोग वा सहयात्रा नगर्ने जनाएको छ। 

nimb
nimb

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय राजनीति संवाद संयोजक सुरेन्द्र चोधरीले नेपाल लाइभसँग कुरा गर्दै रेशम चौधरीसहित टीकापुर घटनाको मुद्दामा जेलमा रहेका सात जनाको रिहाइ र २७ जनामाथि लगाइएको मुद्दा खारेज नभएसम्म पार्टी कसैलाई सहयोग नगर्ने वा कसैसँग नजाने प्रष्ट पारे। चौधरीले गठबन्धनका नेताहरुले सहयोगको प्रस्ताव ल्याए पनि आफ्नो वटमलाइन सुनाइदिएको बताए। 

२०७२ को भदौमा कैलालीको टीकापुरमा भएको हिंसामा सात जना प्रहरी अधिकारी मारिएको घटनामा नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी कारागारमा छन्। उनीसँगै थप सात जना जेलमा छन् र २७ जनाले अझै मुद्दा खेपिरहेका छन्।  

उक्त घटना लगत्तै भूमिगत भएका चौधरी २०७४ को निर्वाचनमा वारेसमार्फत तत्कालीन राजपाबाट उम्मेदवार बनेका थिए। सो निर्वाचनमा उनले जित हासिल गरेका थिए। तर प्रहरीले प्रकाउ गरेपछि उनी संसदमा प्रवेश गर्न पाएनन्। पछि तत्कालीन नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७५ पुस १९ गते सांसदको सपथ खुवाउने व्यवस्था मिलाएको थियो। तर सिंहदरबारमा आएर सपथ लिए पनि चौधरीलाई पुन: कारागार नै पठाइएको थियो। 

त्यसपछि चौधरीले आफ्नै नेतृत्वमा पार्टी गठनको प्रकिया अगाडि बढाए पनि निर्वाचन आयोगले स्वीकृति नदिएपछि उनले आफ्नी श्रीमती रन्चिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। 

यही ४ मंसिरको निर्वाचनमा श्रेष्ठसहित ३ जना यो पार्टीबाट प्रतिनिधि सभातर्फ निर्वाचित भएका छन् भने चौधरीका बुबा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन्।

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमसहित लुम्बिनी प्रदेशमा समेत केही स्थान जितेकाले सत्ता-गठबन्धनले यो पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म सहभागी गराए सरकार बनाउन सजिलो हुने आकलन गरेको छ। त्यसको फलस्वरुप गठबन्धनका शीर्ष नेताहरुले चोधरीलाई कारागारमा भेटेर सहकार्यको प्रस्ताव गरेका हुन्।

तर, उनको पार्टी गठनदेखि निर्णय प्रकियामा प्रभाव राख्ने नेता सुरेन्द्र चौधरीले गठबन्धन वा कुनै दलले आफूहरुलाई सत्ताको प्रलोभनमा पार्न नसक्ने दावी गरे। ‘हामी आफ्ना मुद्दाहरुको सन्दर्भमा प्रष्ट छौं,’ चौधरीले भने, ‘हाम्रा लागि देउवा, दाहाल, नेपाल हुन् वा ओली सबै एउटै हुन्। हाम्रो बटमलाइन अनुसार जसले हाम्रा माग पूरा गर्छ, त्यसैलाई सघाउँछौं।’ माग पूरा नभएसम्म कसैको पछि नलाग्ने चौधरीको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो
क्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड सहयोग हस्तान्तरण
भोटेकोशी बाढीपीडितका लागि गोरेटोले गर्‍यो साढे १० लाख सहयोग
सम्बन्धित सामग्री
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका... शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ शुक्रबार, भदौ १२, २०८३
क्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड सहयोग हस्तान्तरण शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितका लागि गोरेटोले गर्‍यो साढे १० लाख सहयोग शुक्रबार, भदौ १२, २०८३
बाढीपीडितको राहत र उद्धारमा ४ करोड दिने गण्डकी सरकारको निर्णय शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्