काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति र सहअस्तित्वको बाटोमा हिँड्न विश्व समूदायलाई आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले घातक परमाणु अस्त्र नष्ट गर्न पनि विश्वका सरकार प्रमुखहरुलाई आग्रह गरेका छन्। उनले नेपालमा द्वन्द्व हुन नदिन सरकारले समाजमा मित्रतापूर्ण सम्बन्ध बढाउन चाहेको पनि स्पष्ट पारे।
७३औं हिरोसिमा स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विनाशकारी हतियारविरुद्ध आवाज उठाउन पनि विश्व समूदायलाई अपिल गरे।
प्रधानमन्त्री ओलीले विनाशकारी हतियारलाई निषेध गर्न नेपालले मित्रताको, शान्ति र सहअस्तित्वको नीति लिएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।