काठमाडौं– पेस्तोल र छुरीसहित दुई युवक पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त जनसेवाले अनिश थापा मगर र राजकुमार केसीलाई पक्राउ गरेको हो।
उनीहरुबाट बरामद पेस्तोल भने नक्कली भएको खुलेको छ।
सुरुमा प्रहरीले केसीलाई पक्राउ गरी उनको डेराबाट लागूऔषध, पेस्तोल र छुरी बरामद भएको हो।
उनले ती सामान अनिशसँग किनेको खुलेपछि उनलार्य पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जना अपराधीक गतिविधिमा संलग्न रहेको प्रहरी आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।