काठमाडौं– प्रधानन्यायाधिशमा दीपकराज जोशीको अस्विकार्यलाई प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संवैधानिक परिषदको भूमिकाबारे प्रश्न उठेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेस सांसदहरुले संवैधानिक परिषदले योग्य ठहराएको व्यक्तिलाई संसदीय समितीले गणीतिय आधार देखाएर हटाएको दाबी गरे ।
बैठकमा बोल्दै कांग्रेस सांसद ज्ञानेन्द्र वहादुर कार्कीले नक्कली प्रमाणपत्र हो भने किन छानविन गरिएन भनि प्रश्न गरे । ‘गम्भिर आरोप लगाएर २०४८ देखि न्याय सेवामा लागेका व्यक्तिलाई संख्याका आधारमा हटाइयो’ उनले भने ‘संवैधानिक परिषदमा रहेका प्रधानमन्त्रीले जोशीलाई सिफारिस गर्न राजी भएपछि उनको भूमीका माथि प्रश्न उठ्छ कि उठ्दैन?’ जोशीलाई हटाउने कार्य अवैध भएको उले बताए ।




कांग्रेस सचेतक पुष्पा भुसालले संवैधानिक परिषदले यसको जिम्मेवारी लिनुपर्ने राय राखिन्। कांग्रेस सांसद वोल्दा नेकपाका सांसद खगराज अधिकारीले नियमापत्ति गरेकोप्रति भुसालले शक्ति पृथकीकरणको सिद्धान्तबारे प्रश्न उठाउँदा नियमापत्ति गर्न नमिल्ने तर्क गरिन्। ‘जोशीको शैक्षिक प्रमाणपत्र नक्कली थियो भने थप अनुसन्धान गर्नुपर्छ भन्न् कांग्रेसको धारणा छ’ उनले भनिन् । त्यसैगरी सांसद लक्ष्मी परियारले सरकारको भरोसा हराइसकेको प्रतिक्रिया दिँदै दुइ तिहाईको दम्भले नागरिकको अधिकार हरण भएको दाबी गरिन्। परियारले भनिन ‘प्रतिपक्षको भूमिकामाथि प्रहार गरिएको छ। लोकतन्त्र मासिने खतरा बढ्दो छ ।’ जोशी अनुमोदन नहुनुलाई परियारले न्यायालय माथिको हस्तक्षेप भएको टिप्पणी गरिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।