काठमाडौं – फिल्म ‘प्रसाद’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । अभिनेता विपिन कार्की, निस्चल बस्नेत र नम्रता श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको फिल्म निःसन्तान दम्पतीको कथामा आधारित रहेको फिल्मकाे अाइतबार साझ छायांकन सम्पन्न भएकाे हाे।
सञ्चारकर्मी सुशील पौडेलकाे लेखेनमा तयार भएको प्रसादलाई सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण गरिएको हो।
फ्लोरमा गएको ४१औँ दिनमा फिल्मको छायांकन सम्पन्न भएको फिल्म युनिटले जानकारी दिएकाे छ। दिनेश राउतको निर्देशन रहेको प्रसादलाई राजेश श्रेष्ठले खिचेका हुन्। फिल्ममा सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहेको छ भने फिल्ममो एसोसिएटेट निर्देशकका रुपमा विकास सुवेदी रहेका छन्।
निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य–मान्यता विरुद्धको कथा चलचित्रले बोल्ने निर्देशक राउतको भनाई छ। फिल्ममा अभिनेता विपिन र नम्रता श्रीमान श्रीमतीको भुमिकामा देखिदै छन्।
फिल्म आउदो मंसिर २१ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म युनिटले जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।