काठमाडौं– काठमाडौंको काँडाघारीमा आइतबार साँझ अपहरणमा परेका बालकको खोजीमा डेढ सय प्रहरी परिचालन गरिएको छ। अाइतबार साँझ ८ बजेदेखि प्रहरीले निरन्तर ‘सर्च अप्रेसन’चलाउँदा पनि बालक भेटिएका छैनन्।
सिन्धुपाल्चोक घर भई काँडाघारीमा चिया पसल चलाएर बस्ने महिलाको ११ वर्षिय छोरा अपहरणमा परेका छन्। साँझ करिब ६ बजे बच्चा अपहरणमा परेको सूचना आएको काठमाडौं परिसरका एसपी विश्वराज पोखरेलले बताए। ‘अनुसन्धानमा डेढ सय प्रहरी खटिएका छन्, १/२ घन्टामै सत्यतथ्य बाहिर आउँछ,’ उनले भने।
कति फिरौती मागिएको थियो भन्ने प्रष्ट छैन। बालककी आमालाई बालक हराएको २ घन्टापछि फोन आएको थियो। छोरा अपहरणमा परेको थाहा पाएपछि आफू बेहोस जस्तै भएको र कति मागेको भन्ने याद नभएको उनले बताएकी छिन्।
अपहरणमा परेका बालकको बुवा विदेशमा छन्।
अपहरणमा परेका बालकको परिवारको आर्थिक अवस्था कमजोर छ। चिनजानकै व्यक्तिले अपहरण गरेको हुनसक्ने प्रहरी आशंका छ।
घटनाको अनुसन्धानमा परिसरका प्रमुख एसएसपी पोखरेल आफैं घटनास्थलमा खटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।