काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको छ।
पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको हो।
२०७० सालको संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्व सांसद पंगेनीको हृदयघातका कारण आइतबार बिहान ५ बजेर ३० मिनेट जाँदा स्याङजास्थित आफ्नै निवासमा निधन भएको थियो।
प्रतिनिधिसभा बैठकले ५५ वर्षीय पूर्व सांसद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।
नेपाली कांग्रेसका तत्कालीन स्याङ्जा जिल्लाका सभापति समेत रहेका पंगेनीले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रतिनिधिसभा बैठकमा समाजसेवाको क्षेत्रमा समेत क्रियाशील पूर्व सांसद पंगेनीको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।