पेशावर- पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर जुध्दा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी अधिकारी एजाज खानले बताएका छन्।
४८ जना यात्रु बोकेर कराँचीतर्फ गइरहेको बस कोहाट सहरनजिक ट्यांकरसँग ठोक्किएको थियो। इन्धन बोकेको ट्यांकरमा भने आगलागी नभएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनका विषयमा छानबिन सुरु गरेको छ।
पाकिस्तानमा सडकको दुरवस्था, सवारी साधनको नियमित जाँच नहुने र जथाभावी ड्राइभिङका कारण बर्सेनि ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।