काठमाडौं– फिल्म ‘नाई नभन्नु ल ५’ को दोस्रो गीत सार्वजनिक भएको छ। समीक्षा अधिकारीको स्वरमा रहेको ‘बालापनको उमेर’ बोलको गीत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको नृत्य छ। बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा बालापन र मित्रभाव प्रस्तुत गरिएको छ।
विकाश आचार्यको निर्देशन रहेको ‘नाई नभन्नु ल ५’ यही भदौ ८ बाट रिलिज हुँदैछ। फिल्ममा अनुभव र सेड्रिनाकासाथमा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, दीलिप रायमाझी, निरुता सिंहलगायतको अभिनय छ।
भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।