काठमाडौं– कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदा बसेपछि वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोकेका छन्।
कायममुकायम प्रधानन्यायाधीश जोशी संसदीय समितिको बैठकबाट आफ्नो नाम अस्वीकृत भएसँगै १५ दिनका लागि बिदा बसेका हुन्। जोशी बिदामा बसेपछि वरिष्ठतम न्यायाधीश मिश्रले आजदेखि पेशी तोकेका सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताए।
आजै जोशी अस्वीकृतिको निर्णयको औपचारिक जानकारीसहितको पत्र सुनुवाइ समितिले संवैधानिक परिषद्लाई बुझाउँदै छ। त्यसपछि नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिसको प्रक्रिया सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।