काठमाडौं– जिम्मेवारी चयनको विषयलाई लिएर विवेकशील साझा पार्टीको कार्यक्रममा तनाव भएको छ। प्रदेश नम्बर ३ को प्रदेश संयोजक तथा जिल्ला संयोजक तोक्ने विषयमा शनिबार विवाद भएको हो।
बानेश्वरको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश संयोजक तथा जिल्ला संयोजक चयनमा अलोकतान्त्रिक प्रक्रिया अपनाइएको भन्दै असन्तुष्ट पक्षले नेतृत्वविरुद्ध नाराबाजी गरेका छन्।
मता र योगदान नहेरी विवादास्पद व्यक्तिहरुलाई जिम्मेवारी दिइएको भन्दै एक समूहले विरोध गरेको हो। महिला हिंसामा आबद्ध व्यक्तिहरुलाई जिम्मेवारी दिएको भन्दै असन्तुष्ट पक्षले मञ्चमै नेतृत्वको आलोचना गरे।
पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पदमा विवाद नगरौं विचारका लागी बहस गरौं भन्दै सम्झाउने प्रयास गरेपछि असन्तुष्टहरु थप आक्रोशित भएका थिए।
पछि पार्टीका संयोजक रबिन्द्र मिश्रले हो–हल्लाका बीच प्रदेश तथा जिल्ला संयोजक तोकिएकाहरुलाई बधाई र शुभकामना दिएर कार्यक्रम समापन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।