काठमाडौं- संसदीय बिशेष सुनवाई समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत भएका सर्वाेच्च अदालतका कामु प्रधानन्यायधीश दीपकराज जोशीको १५ दिन लामो विदा स्वीकृत भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उनको विदा स्वीकृत गरेकी हुन्।
प्रधान्यायधीशमा अस्वीकृत भएपछि जोशी आइतबारदेखि विदा बस्न लागेका हुन्। आइतबारदेखि सर्वाेच्चका बरिष्ठतम् न्यायधीश ओमप्रकाश मिश्रले सर्वाेच्चमा पेशी तोक्नेछन्।
जोशीले राजिनामा दिने÷नदिने भने टुंगो लागेको छैन। जोशीअस्वीकृत भएपछि अब न्याय परिषद्ले नयाँ प्रधानन्यायधीश नियुक्तिको प्रक्रिया अघि बढाउने छ। जसमा मिश्रकै सम्भावना छ।
संवैधानिक परिषद्ले नयाँ प्रधानन्याधीशको टुंगो लगाएपछि मात्र जोशीले राजिनामाबारे निर्णय गर्ने योजना बनाएका छन्।
संसदीय सुनुवाई बिशेष समितिको शुक्रबारको बैठकले जोशीलाई दुई तिहाईबाट अस्वीकृत गरेको हो। नेपालका इतिहासम पहिलोपटक प्रधानन्यायधीश संसदीय सुनुवाईबाट अस्वीकृत भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।