• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

निर्वाचन सफल पार्नु सबैको कर्तव्य हो: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया

64x64
नेपाल लाइभ शनिबार, मंसिर ३, २०७९  १९:१३
1140x725

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मुलुकभर आमनिर्वाचन हुँदैछ। उक्त निर्वाचनमा उम्मेदवार, राजनीतिक दल, मतदानलगायत सम्पूर्ण प्रक्रिया निर्वाचन आयोगले पूरा गरेको छ। आयोगले मतगणनालाई प्रभावकारी बनाउन पनि आवश्यक निर्देशन दिएको छ। 

आयोगका कर्मचारी, सुरक्षाकर्मी र मतदानका लागि आवश्यक सबै कार्य मतदान केन्द्रमा पुगिसकेका छन्।

आदरणीय मतदाता, दिदीबहिनी तथा दाजुभाइहरू मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तपाईंले नागरिकको रूपमा सक्षम उम्मेदवार चयन गर्ने संवैधानिक अधिकार र कर्तव्य पूरा गर्नु हुनेछ। सर्वप्रथम मतदाता हुनु भएकोमा म सबैलाई हार्दिक बधाई दिन चाहान्छु। मलाई विश्वास छ। तपाईं आफ्ना सबै तयारी पूरा गरेर मतदान गर्ने आफ्नो अधिकार सही रुपमा प्रयोग गर्न जाँदै हुनुहुन्छ। 

त्यसैले घरबाट मतदान गर्न जाँदा साथबाट आफ्नो मतदाता परिचयपत्र लिएर जानुहोस्। यदि मतदाता परिचयपत्र छैन भने, आयोगले तोके बमोजिमको आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी पूर्जा, सवारी अनुमति पत्र अथवा राष्ट्रिय परिचय पत्रमध्ये कुनै परिचय पत्र लिएर जानुहोला।

मेरो विनम्रतापूर्वक अनुरोध छ। मतदान केन्द्रमा जाँदा मोबाइल, कुनै क्यामरा, सलाई, लाइटरका साथै कुनै पनि निषेधित वस्तुहरू साथमा लिएर नजानुहोला। कथमकदाचित मोबाइल साथैमा लिएर जानुभयो भने पनि मतदान नजिकैको कुनै विश्वासिलो व्यक्ति अथवा राख्ने ठाउँमा राखेर मात्र मतदान केन्द्र जानुहोस्। यदि मतदानस्थलमा तपार्इंबाट प्रतिवन्धित बस्तु वा सामग्री फेला पर्‍याे। त्यो निर्वाचन ऐनका विरुद्धको कार्य हुने भएकाले सजायसम्म हुनसक्ने छ। जफतसँगै सजाय हुने भएकाले सचेत हुनुहोला।  त्यसैले मतदान केन्द्रमा प्रवेश गर्ने विन्दूमा कुनै तोकिएको ठाउँ हुने त्यसमा यस्ता बस्तु राख्न अनुरोध गर्दछु।  याद गर्नुहोस्  म झुक्किए भनेर मतदान केन्द्रमा मोबाइल लिएर जानुभयो भने अथवा मोबाइलबाट मतपत्रको फोटो खिच्नुभयो भने त्यहाँ खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूले तपाईंको निगरानी गरिरहेका हुन्छन्। उनीहरूले तपाईंको सामान जफत गर्छन्। र, तपाईंलाई कानुनबमोजिम कारबाही पनि हुन्छ।  

हामी चाहान्छौं तपाईंलाई कुनै पनि कारबाही नहोस्। त्यसकारण यही कुरा मनन् गरेर मतदानस्थलमा गइदिनका लागि म अनुरोध गर्दैछु।  

त्यस्तै मतदान गर्दा ख्याल गर्नुस्। आफ्नोबाहेक अरुको नाममा मतदान नर्गनु होला।  आफ्नो नामबाहेक अरुको नाममा मत हाल्दा बदर हुनसक्छ। 

त्यस्तै दोहोर्‍याएर मत हाल्ने प्रयास पनि नगर्नुहोस्। आफ्नो मत अरुलाई हाल्न पनि नदिनुहोस्। मतपत्र लिँदा त्यसमा मतदान अधिकृतको दस्तखत भए–नभएको एकिन गर्नुहोस्। मतदान गर्दाखेरी पनि बदर नहुने ढंगबाट सही किसिमबाट गर्नुहोस्। 

nimb
nimb
Ncell 2
Ncell 2

मतदान केन्द्रमा विभिन्न मतदाता आउनुहुन्छ। त्यहाँ आउने अशक्त व्यक्ति, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्ति आदि जो आउनुहुन्छ। उहाँहरूलाई सहयोग गर्नुहोस्। आफूभन्दा पहिला मतदान गर्नका निम्ति वातावरण बनाइदिनुहोस्। सहयोग गरिदिनुहोस्। मतदान केन्द्रमा अनावश्यक होहल्ला नगरिदिनुहोस्। भीडभाडमा नजानुहोस्। कुनै पनि किसिमको तर्क, वितर्क नगर्नुहोस्। शान्तिपूर्ण रूपमा मतदान गर्न आफूले सकेको सम्पूर्ण सहयोग गर्नुहोस्। 

चार मतपत्र चारै छाप 

तपाईंलाई थाहा छ, यो निर्वाचनमा चारवटा मतपत्रमा स्वस्तिक छाप लगाएर चारवटा छुट्टाछुट्टै मतपेटिकामा मतदान  गर्नुपर्ने छ। यो गरिसकेपछि मतदानको कार्य समाप्त हुन्छ। त्यसपछि मतदान केन्द्रबाट बाहिर निस्कनुहोस्। फेरि आएर मतदाताको भीडमा नबस्नुहोस्। सिधै आफ्नो वासस्थान तर्फ लाग्नुहोस्। यसरी आफ्नो मतदान अधिकार प्रयोग गर्नुहुने सबै मतदाताहरूलाई म पुनः हार्दिक धन्यावाद दिन चाहन्छु।  

उम्मेदवार, राजनीतिक दल, मतदान र मतगणना प्रतिनिधिलाई विशेष अनुरोध

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको काममा खटिनुभएका उम्मेदवार वा राजनीति दलका निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधि साथीहरू तपाईंहरूले उम्मेदवार र राजनीतिक दलका तर्फबाट प्रतिनिधिको जिम्मेवारी पाउनु भएकोमा बधाई र शुभकामना दिन चाहान्छु। यस्तो अवसर बिरलै मात्रामा मात्र प्राप्त हुने गर्छ। त्यसैले गर्व गर्नुहोस्। आफूलाई भाग्यमानी ठान्नुहोस्। नेपालको संविधान, हाम्रा निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्यविधि, आचारसंहिता र निर्देशनको अधिनमा रहेर राजनीतिक दल र उम्मेदवारका प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिले गर्नुपर्ने जिम्मेवारी तथा कर्तव्य स्वच्छ, निश्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नेगरी संकल्प गर्नुहोस्। 

कर्मचारीहरूले  निर्वाचनसम्बन्धी विभिन्न मुचुल्कामा प्रतिनिधिको रुपमा रहेका राजनीतिक दलका प्रतिनिधिलाई सही छाप गराउने, निर्वाचन सामग्री, मतदान सामग्री, मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण सामग्रीको सुरक्षा, संरक्षण गर्नु र मतपत्र लगायतका निर्वाचन सामग्रीहरू कसैले अनधिकृत रूपमा छुने, च्यात्ने अथवा अन्य किसिमले बिगार्ने वा क्षति पुर्याउने कार्यहरू गर्ने हो भने त्यसलाई रोक्नु तपाईंको महत्वपूर्ण कर्तव्य हो। उक्त जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षा निर्वाचन आयोग र मैले गरेको छु।  मतदान  केन्द्रमा रहँदा निर्वाचन अधिकृतले जारी गरेको परिचयपत्र लगाएर प्रवेश गर्ने, मतदान अधिकृत तथा निर्वाचन अधिकृतले गरेको निर्णयमा कानुनबमोजिम उजुरी गर्नुबाहेक अन्य विषयमा विवाद नगर्ने र मतदानस्थल र मतदान केन्द्रमा शान्तिपूर्ण वातावरण गर्न पूर्णरूपमा भूमिका निर्वाह गर्नु तपाईंको अर्काे महत्वपूर्ण जिम्मेवारी हो।

कुनैपनि राजनीतिक दल वा उम्मेदवारले तपाईंलाई कानुनविपरीत जोर–जबरजस्ती गरेर मतदान र मतगणनाको कार्य आफ्नो पक्षमा पार्न खटाएका होइन। तपाईंलाई आफ्नो जिम्मेवारी र कर्तव्य थाहा नभएको पनि होइन। त्यसैले निर्वाचन अधिकृत, मतदान अधिकृत वा अन्य कर्मचारी तथा मतदातालाई कुनै पनि किसिमको अनुचित प्रवाह, प्रलोभन, दबाब, भनसुन वा कुनै आग्रहबाट प्रभावित पार्ने कुनै पनि प्रयास नगर्नुहोस्। सकेसम्म निर्वाचनलाई राम्रो बनाउनका निम्ति सहयोग गर्नुहोस्। 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नु हामी सबैको साझा दायित्व हो। अनुशासित र संयमित भएर मतदान र मतगणनाको कार्य सम्पन्न गर्ने, प्रतिनिधिको हैसियतले तपाईंले आफ्नो जिम्मेवारी पूरा गर्न तपाईंले कुनै कसर बाँकी नराख्नुहोस्। स्वच्छ निर्वाचनका लागि भूमिका निर्वाह गरिदिनुहोस्। म सम्पूर्ण प्रतिनिधि साथीहरूलाई यही हार्दिक आग्रह गर्दछु। धन्यवाद!

(प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको पूर्वसन्ध्यामा आम नागरिकलाई गर्नुभएको विशेष अनुरोधको सम्पादित अंश।)


 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १९:१३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने
सीमावर्ती भू-भागमा विकासका कार्यक्रमहरू केन्द्रित गर्नुपर्नेमा हर्क साम्पाङको जोड
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग नगर्न पुनः निर्देशन
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने मंगलबार, चैत २४, २०८२
सीमावर्ती भू-भागमा विकासका कार्यक्रमहरू केन्द्रित गर्नुपर्नेमा हर्क साम्पाङको जोड मंगलबार, चैत २४, २०८२
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग नगर्न पुनः निर्देशन मंगलबार, चैत २४, २०८२
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा मंगलबार, चैत २४, २०८२
सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्