एजेन्सी– बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्महरु बक्स अफिसमा एकपछि अर्को सफल भइरहेका छन्। पछिल्लो फिल्म 'रेस ३' ले पनि राम्रो व्यापार गरेको छ। यससँगै सलमानले अर्को हिट फिल्म 'एक था टाइगर'को तेस्रो सिक्वेल बनाउने संकेत दिएका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार 'एक था टाइगर', 'टाइगर जिन्दा हे' पछि तेस्रो शृंखला बन्ने संकेत सलमानले दिएका हुन्। यसअघिका दुवै फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेका थिए।
यसअघि टाइगरका दुवै सिक्वेलमा सलमान र कट्रिना कैफ एकसाथ देखिएका थिए। तेस्रो शृंखलामा पनि यो जोडी दोहोरिन सक्ने सम्भावन प्रबल रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सलमान यतिबेला फिल्म 'भारत'को सुुटिङमा व्यस्त छन्। यसपछि उनले 'दबंग ३' को काम सकेर 'एक था टाइगर'को तेस्रो सिक्वेलमा व्यस्त हुने सञ्चार माध्यमहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।