• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत : मधेश प्रदेश

उपेन्द्र यादव र सिके राउतको क्षेत्रमा गजेन्द्रनारायण सिंहको चर्चा 

64x64
नवीन झा आइतबार, कात्तिक २७, २०७९  २०:४३
1140x725

राजविराज– पूर्व–पश्चिम राजमार्गको रोपनीबाट १० किलोमिटर दक्षिणमा पर्छ सप्तरीको सदरमुकाम राजविराज। मंसिर ४ गते हुन गइरहेको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा यो क्षेत्र अत्यधिक चर्चामा रहेको छ। 

प्रतिनिनि सभातर्फ राजविराजसहितको सप्तरीको क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष उपेन्द्र यादवसहित जनमत पार्टीका अध्यक्ष सिके राउत र लोसपाका नेता जयप्रकाश ठाकुर उम्मेदवार छन्। 

राजविराज त्यही क्षेत्र हो जहाँबाट कुनै बेला सदभावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंह निर्वाचन लड्ने गर्थे। अहिले मधेशका दुुई जना शीर्ष नेता उपेन्द्र यादव र सिके राउतबीच यहाँ भइरहेको प्रतिस्पर्धामा स्वर्गिय सिंहको चर्चा पनि कम छैन। 

मधेशको राजनीतिको कुरा गर्दा सिंहको चर्चा स्वभाविकै रुपमा आउँछ। अहिले पनि मधेशका दुई प्रभावशाली नेतृत्वबीचको लडाइँमा सिंहको चर्चा दुवै पक्षमा देखिएको छ। 

सदभावना पार्टीका संस्थापक नेता गजेन्द्र नारायण सिंह ०४८, ०५१ र ०५६ को निर्वाचनमा राजविराजसहित तत्कालीनका निर्वाचन क्षेत्रबाट उम्मेदवार बने। उनी २०४८ र २०५१ मा उनी निर्वाचित भए। २०५६ मा भने कांग्रेसका नेता रामकुमार चौधरीसँग पराजित भए। 

Rajbiraj_area_locals_gathering1668340752.jpg

बिहीबार पूर्व–पश्चिम राजमार्गको रोपनीबाट राजविराज जाने सानो माइक्रोमा बसेका दुई स्थानीयको निर्वाचन केन्द्रित संवादमा पनि सिंहबारे नै चर्चा सुनियो। स्थानीय काशी बस्नेत र प्रेमचन्द्र झाले राजविराज जाँदै गर्दा सप्ती निर्वाचन क्षेत्र नम्बर २ बारे टिप्पणी गर्दै भने, ‘गजेन्द्रनारायणले मधेशको हितका लागि आवाज उठाए। अहिले यही क्षेत्रमा याद र राउत भिड्दैछन्। आदिर दुवैलाई मधेशकै राजनीति गर्नुथियो भने एक अर्काविरुद्ध किन उम्मेदवारी दिनुपरेको होला?’

बस्नेत र झा दुवैले स्वर्गीय सिंहजति सम्मान मधेशमा अरु कुनै नेताहरुले आर्जन गर्न नसकेको बताए। अहिलेका मधेशी नेताहरुको बोली एउटा तर काम अर्को भएको भन्दै आलोचना पनि गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरु गफिँदै थिए। माइक्रो रफ्तारले अघि बढिरहेको थियो। सडकका खाल्डामा पटकपटक बजारिँदै पनि थियो। खाल्डोमा परेर गाडी उफ्रिन थालेपछि उनीहरुले भने, ‘यी हेर्नुस् अहिलेका नेताहरु उतिबेला बनेका बाटोघाटो मर्मत गर्न त सक्दैनन्। मत माग्दा भने ठूल्ठूला गफ हाँकिरहेका छन्।’

पहिलो मधेश आन्दोलनबाट केन्द्रीय राजनितीमा उदाएका जसपा अध्यक्ष यादवलाई चौथौ पटक संसद बन्ने क्रममा सप्तरी २ मा राउतसहित गठबन्धनका ठाकुरले कडा चुनौती दिइरहेका छन्। यादव र राउतको विगतमा पनि राजनीतिक दुश्मनी हुने भएकाले यी दुई नेताको प्रतिस्पर्धालाई मधेशमा चासोका रुपमा हेरिएको छ। 

यादव, राउत र ठाकुरको प्रतिस्पर्धामा स्व सिंहको चर्चा 
सप्तरीको राजविराजको गजेन्द्र चोकमा २५ वर्षदेखि चिया पसल गर्दै आएका रामदेव यादवले अहिलेको निर्वाचन दिन प्रतिदिन विकृत हुँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरे। नेपाललाइभसँग कुरा गर्दै उनले  उपेन्द्र यादव र सिके राउत निर्वाचनमा आमुन्ने सामुन्ने भएको देख्दा अचम्म लागेको बताए। 

स्वर्गिय नेता सिंहले सरल तरिकाले निर्वाचन लडेको स्मरण गर्दै उनले अहिलेको निर्वाचनप्रति आक्रोश व्यक्त गरे। उनले भने, ‘उतिबेला रक्सी, मासुसँग भोट साँट्ने चलन थिएन। तर, अहिले अजेण्डाभन्दा पनि दारु र मासुमा बिकेर भोट दिने विकृति बढ्यो।’ बिहानदेखि बेलुकासम्म डेढ दुईसय जना उनको पसलमा चिया पिउन स्थानीय आउँछन्। निर्वाचनमा बढिरहेको विकृतिबारे चिया पसलमा हुने चर्चाले अचम्मित पार्ने गरेको उनको भनाइ छ। 

Xtrem

Xtrem

नेता मात्र नभई नेताका गफ सुनेर पत्याउने जनता पनि विकृति बढ्नुमा उत्तिकै दोषी भएको उनले बताए। युवाहरु पनि कुन उम्मेदवारले धेरै रक्सी, मासु र पैसा दिन्छन् उसैको पछि लागेको देख्दा वाक्क लाग्ने उनको भनइ छ। 

राजविराजको यही चोकमा रहेको चन्दन गुप्ताको पान पसलमा पनि बिहानेदेखि बेलुका १० बजेसम्म पान खान आउनेको भीड हुन्छ। बिहीबार दिउँसो पान खान आएका राजविराजका स्थानीय मैथली कलाकार कैलाश झाले राजनीति व्यापारमा परिणत भइसकेको टिप्पणी गरे। 

Rajbiraj_area_locals1668340751.jpg

‘राजनिती अब व्यापार भइसकेको छ,’ उनले भने, ‘निर्वाचनमा उम्मेदवारले पाँच/छ करोड लगानी गर्छन्। जितेपछि त्यसको लगानी उठाउनतिरै लाग्छन्। अनि जनताका लागि के काम हुन्थ्यो र?’ उनले राजनीतिमा नैतिकताको कुनै अर्थ नरहेको बताए। 

पान पसलबाटै दैनिकी चलाउँदै आएका गुप्ता नेताले सभा सम्मेलनमा दिने भाषण व्यवहारमा परिणत हुने हो भने देशको अवस्था फेरिन धेरै समय नलाग्ने बताए। तर, भोटका लागि मात्र बोल्ने, काम भने नगर्ने परिपाटीका कारण सधैं सामान्य आवश्यकताका लागि पनि तड्पिनुपर्ने अवस्था कायम रहेको उनको भनाइ छ। 

उनले आक्रोश पोखिरहँदा पान खान आएका अर्का ग्राहकले पनि त्यसमा थपे। उनले स्वर्गिय नेता सिंहजस्तो विश्वासिलो नेता मधेशमा अर्को नभएको बताए। 

बिहीबार दिउँसो नै राजविराजको वडा नम्बर १२ मा सत्ता गठबन्धनका उम्मेदवारले संयुक्त रुपमा गरेको कार्यक्रममा लोसपा नेता दीपेन्द्र चौधरीले आफ्नो अधिकांश समय सिंहकै बारेमा प्रशंसा गर्न खर्चिए। सिंहले स्थापना गरेको सदभावना पार्टीको राजनीति स्मरण गर्दै अहिलेका नेताप्रति चौधरी खनिए। 

जनता चाहन्छन् विकासका कुरा 
मधेशको राजनीति भिन्न खालको छ। लामो समय राज्यसत्ताबाट विमुख हुनुपरेका कारण पनि होला मधेशका लागि पहिचानको मुद्दा प्रमुख हो। मधेशबाट मूलधारको राजनीतिमा आउने अधिकांश नेताहरु पनि पहिचानकै मुद्दा बोकेर आएका हुन्। 

बिहीबारको कार्यक्रममा पनि त्यही मुद्दा जोडतोडका साथ नेताहरुले मञ्चबाट उठाए। गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुरको कार्यक्रममा नेताहरु बोल्ने क्रम जारी रहेकै बेला एक किसानले वक्ताको माइक नै खोसे। स्थानीयजामुन बाबुले किसानको मलखादको विषयमा नेताले सम्बोधन नगरेको भन्दै गुनासो गरे। 

कार्यक्रममा सहभागीले ताली पिट्दै समर्थन गरेपछि मञ्चमा आशिन नेताहरुले अगाडि आएर बोल्न आग्रह गरे। सुखचन्द्र खाणले अगाडि सरेर आफूहरु हरेक वर्षको बर्खामा बाढीका कारण समस्यामा पर्ने गरेकाले यसबारे नेताहरुले सोचिदिन आग्रह गरे। 

Pan_Pasal_Rajbiraj_area_locals1668340751.jpg

त्यसपछि सम्बोधन गर्न पुगेका कांग्रेस सप्तरीका उप सभापति रामुकमार यादवले भने किसानको मुद्दाबारे मौन रहँदै संविधान रक्षा र पहिचानका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन अपिल गरे। यो क्षेत्रमा जसपा अध्यक्ष यादव पनि मधेश आन्दोलन, पहिचान र अधिकारकै विषयमा बोलिरहेका छन्। जसलाई प्रतिवाद गर्दै आएका छन् अर्का उम्मेदवार राउत।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  २०:४३
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #स्थलगत : मधेश प्रदेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्