• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चुनावी परिणामका निम्ति चिन्तित हुनु परेको छैन: घनश्याम भुसाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २५, २०७९  २०:३५
1140x725

चार दशकभन्दा बढी आबद्ध रहेको संगठन छाडेर घनश्याम भुसाल अहिले स्वतन्त्र उम्मेदवारका रुपमा रुपन्देही- १ बाट प्रतिस्पर्धामा छन्। उनी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका साथ पाएर परिणामप्रति ढुक्क पनि सुनिन्छन्। उनको उम्मेदवारी, चुनावी प्रचार प्रसार र यिनैसँग जोडिएका विविध विषयमा नेपाल लाइभका लागि डिबी खड्का र नारायण अधिकारीले भुसालकै निर्वाचन क्षेत्रमा गरेको कुराकानीः

४५ वर्षको राजनीतिक यात्रामा पहिलो पटक आफ्नो दलको चुनाव चिह्न र आफ्ना कार्यकर्ता नलिइकन प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। कस्तो महसुस भएको छ?

No description available.

म आफैंचाहिँ एकदमै संगठित निर्वाचनबाट आएँ। पहिला जतिजति निर्वाचन लडेँ, धेरैजसो सांगठनिक थिए। पहिलो निर्वाचन बाहेक अरु सबै व्यवस्थित र संगठित भएर नै चुनाव लडेको हुँ। अहिले व्यवस्थापनको पाटोमा मलाई थोरै समस्या छ। अहिले मेरो सत्ता गठबन्धनसँग तालमेल छ। यसमा संगठनात्मक संस्कृति मिलाउनुपर्ने छ। यति भन्दै गर्दा फेरि म स्वतन्त्र उम्मेदवार हुँ। यसले पनि गाह्रो हुँदो रहेछ। चुनावमा परिणाम के हुन्छ भन्ने कुराले उम्मेदवारलाई धेरै अर्थमा निर्देशित गर्छ। त्यस अर्थमा सुरुदेखि नै जुन प्रतिक्रिया पाएँ, त्यसले परिणामका निम्ति धेरै चिन्तित हुनु नपर्दा मलाई सजिलो छ। आफैंले काम गरेको क्षेत्र हो। गठबन्धन साथमा छ। म यहाँका धेरै जनालाई चिन्छु। मलाई पनि उहाँहरुले चिन्नुहुन्छ।

यही निर्वाचन क्षेत्र त तपाईंलाई पनि नयाँ नै भयो नि?

नयाँ भन्दा पनि यो मेरो घर भएको क्षेत्र हो। म पहिल्यै यहीँबाट निर्वाचन लड्न चाहन्थेँ। २०७४ सालको निर्वाचनमा पनि म यही क्षेत्रबाट लड्न चाहन्थेँ। सबै स्थायी कमिटीका सदस्यहरुले आफ्नो घर भएको निर्वाचन क्षेत्रमा लड्नुभयो। त्यो बेला म मात्र आफ्नो घर भएको क्षेत्र छोडेर लडेको थिएँ। अहिले म यहाँ आएको छु। व्यक्ति म स्वतन्त्र हुँ, अप्ठयारो छ, तर मैले काम गरेको क्षेत्र हो र साथमा गठबन्धन छ। सजिलो पनि छ।

तपाईंको घरदैलो अभियान हेर्दै गर्दा गठबन्धनका झण्डामा तपाईंको त्रिभुज पनि छ। कांग्रेसका रुख हरियो छ तर तपाईंको त्रिभुज रातो छ। यसमा केही संकेत छ कि छैन?

Ncell 2
Ncell 2
nimb
nimb

मतपत्रमा त्रिभुज जस्तो रंगको हुन्छ, सामान्यतया हामीले त्यस्तै नै राखेका छौँ। त्यहाँभन्दा ठूलो कुनै अर्थ छैन।

तपाईंले नेपालमा वामपन्थी आन्दोलन ध्वस्त हुन लाग्यो भनेर एमालेबाट विद्रोह गर्नुभयो। त्यसैले भविष्यमा यो रातो रंगलाई अघि बढाउँछु भन्ने लागेर हो कि?

होइन। मैले भनिसकेँ( मतपत्रको रङलाई हेरेर त्रिभुजलाई रातो बनाइएको छ। क्रान्ति, प्रगति र संघर्ष भनेर रातो प्रयोग गरिएको भनेर बुझिदिन्छन् भने त्यो मेरा लागि राम्रो नै हो। तपाईंले पनि त्यसरी बुझे मैले त्यसको इन्कार गर्नुपर्दैन।

पूर्वका कतिपय निर्वाचन क्षेत्रदेखि यहाँसम्म घरदैलो अभियान हेर्दै आयौँ। गीत बजेका छन्। र्‍याली र झण्डाका तामझामले तडकभडक देखियो। तर, तपाईंको घरदैलो अभियानमा भने शान्त छ। तपाईंका समर्थकसँग किन यस्तो शान्त? भनेर सोधेका थियौँ। उनीहरुले तपाईंले नै गीत बजाएर तामझाम नगर्न र निर्वाचन आचारसंहिता पालना भन्नुहुन्छ भनेर जवाफ दिए। खासमा के हो?

अस्तिअस्ति चाहिँ त्यस्तो भयो। गीत बजाएर तामझाम पनि गरे। कतै निर्वाचन आचारसंहित पालना नगरेको हो कि भन्ने भनेर मैले नै रोकेको हुँ। पहिलापहिला पनि मैले त्यस्तो ९तामझाम० गरेको छैन। अब पनि गर्न चाहन्नँ। म आफैंले पनि निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष होस् भन्ने पक्षमा वकालत गर्दै आएको हुँ। आफैं निर्वाचनमा जाँदा ती कुनै पनि सर्त वा निर्वाचनका आचारसंहिता तोड्नु हुँदैन भन्ने संस्कार नै बनिसकेको छ।

No description available.

तपाई जुन दलमा हुनुहुन्थ्यो त्यो बेलासम्म कांग्रेससँग लामो समय प्रतिस्पर्धा गर्नुभयो। अहिले त्यही कांग्रेसका कार्यकर्ता तपाईंको अघिपछि छन्। यसरी हेर्दा केही अनौठो लाग्यो कि स्वभाविक परिणाम हो भन्ने लाग्यो?

भावनाका हिसाबले मान्छे हो, उसलाई स्वाभाविक रुपमा नै प्रभाव पार्ने भइहाल्यो। तर मान्छेलाई केले तान्छ भन्ने मुख्य कुरा हो। म नेकपा एमालेमा हुँदा पनि हिजो पञ्चायतको विरोध गरेँ, कांग्रेसको विरोध गरेँ। म त्यो विरोधबाट परिचालित थिइनँ। म मेरा उद्देश्यबाट परिचालित थिएँ। जसका कारण ती विरोध हुन पुगेका हुन्। त्यसैले आज पनि मेरो उद्देश्यले मलाई मूलभूत रुपमा तान्छ। मेरो उद्देश्य र विचारलाई तानेर नै औचित्यपूर्ण र विवेकपूर्ण निर्णय हुनुपर्छ भन्नेमा म सचेत रहने हो।

जब म 'कन्भिन्स' भएँ। यो निर्णय आजका लागि ठीक रहेछ भन्ने लाग्यो। त्यसपछि भने सबै चिज आफैं सामान्य हुँदा रहेछन्। आफूले उठाएका मुद्दा र आदर्शहरुका प्रति मैले सही निर्णय र यिनको सम्बोधनका लागि जानुपर्ने ठाउँ र आजको आवश्यकता लाग्यो। पहिला पनि माले वा एमालेमा बहुत थोरै थियौँ। नचिनेका मान्छेहरु आउँदै गए र चिनिँदै गए। सुरुमा कांग्रेसका साथीहरुसँग कुराकानी र वार्तामा भाषामा निकै अप्ठ्यारो परेको हो। अघि पनि भनेँ, सांगठनिक संस्कारमा केही अप्ठयारो लाग्दोरहेछ। पार्टीगत भाषामा पार्ने प्रभावहरु अब भने अप्ठयारो छैन।

तपाईंको क्षेत्रमा घुमिरहदा तपाईंका कतिपय विपक्षीले वाम आन्दोलनका लागि किन घनश्यामले सांसद नै हुनुपर्ने, विद्रोह गर्न अन्य विकल्प पनि हुन्थे भन्नुभयो। उहाँहरुलाई तपाईंको जवाफ के हो?

सामान्य मतदाताले किन पटकपटक सांसद हुनुपरेको भनेर भन्छन् भने मैले स्वीकार्नुपर्छ। सांसद भैराख्नुपर्ने पनि होइन म। म नै सधैँभरी हुनुपर्ने जरुरी पनि छैन। तर, अहिले म हुने निर्णय गरेर आएको हुँ। विपक्षीलाई मेरो उत्तर हो। तर, यो भन्दै गर्दा म नै सधैँ हुनेचाहिँ फेरि गलत हो। म सधैँ सबै चुनाव लडेर आएको छैन। अर्कोतिर, उही व्यक्ति मात्रै किन उम्मेदवार भन्ने भाष्य 'नो नट अगेन'ले अलिकति बनाएको छ। त्यो कुरासँग सामान्यतया भावनाको हिसाबले म पनि सहमत छु। दोश्रो कुरा ओलीजीले बनाउनु भएको छ। यिनीहरु कति पटक हुनुपर्नेरु भीम रावल कति पटक हुनुपर्ने भन्नुभएको छ। जबकि उहाँ भीम रावलभन्दा बढी चुनाव लड्नुभएको छ। भीम रावलभन्दा बढी सत्तामा हुनुहुन्छ। उहाँले नै यो कुरा भन्नुको के अर्थ हुन्छ ररु त्यसैले ओलीजीले भनेको कुराप्रति मेरो कुनै टिप्पणी छैन।

No description available.

हरेक पटक नयाँ सांसद बनाउन सक्दा राम्रो हो। तर अहिलेको सन्दर्भमा हरेक पटक नयाँ सांसद बनाउने अवस्थामा समाज पुगिसकेको छैन। तर म मान्छु, बढीमा दुईपटक एउटा सांसद होस्। त्यसपछि अर्को काम गरेर जाओस्। त्यतातिर जानुपर्छ। तर अहिलेकै पार्टीहरुमा हेर्दा, जसरी पार्टीहरु बनेका छन्। अहिलेको राजनीतिको जुन बनोट र स्तर छ। यो त्यतातर्फ जाँदैछ। जबकि, हिजो उठेको थिएन। आजचाहिँ उठ्दै छ। किन सधैं एउटा व्यक्ति उठ्ने भनेर मान्छेहरुले 'नो नट अगेन' भन्दै छन्। त्यसको भावना नराम्रो छ भन्ने मलाई लाग्दैन। तर त्यो समयको आवश्यकता रहेछ। भर्खरै प्रश्न उठेको छ। किन सधैँ मान्छे सांसद बन्नुपर्छ? किन बन्नुहुँदैन? कैयौँ विकसित मुलुकमा जीवनभर सांसद बनेका मान्छे पनि छन्। मुख्य कुरा त जनताको माग के छरु जनताले मागेनन् भनेदेखि त म सांसद हुन्छुु भनेर पनि हुने कुरा भएन। त्यसैले संसदीय अभ्यासका क्रममा यी प्रश्नहरुको समाधान होला भन्ने लाग्छ।

झापा- १ बाहुनडाँगी हुँदै यहाँसम्म आइपुग्यौँ। नयाँ पार्टीहरुमा नयाँ पुस्ताका मतदाताको रुचि देख्यौँ। तपाईंले भनिराख्नुहुन्थ्यो, पुराना पार्टीहरु कांग्रेस, एमाले र माओवादी जस्ता पार्टीहरुको जग हल्लियो भने राष्ट्रियता संकटमा पर्छ। अहिले लगभग जग हल्लिए जस्तो देखिन्छ। नयाँ पुस्ताले पुराना पार्टीसँग टाँसिरहन रुचि राखेको देखिँदैन। यसले राष्ट्रियता संकटमा पर्छ या नयाँ व्यवस्थाका लागि अर्को नयाँ बाटो तय गर्दै छ?

धेरै महत्त्वपूर्ण प्रश्न उठाउनुभयो। किनभने, मेरो यसमा अलि बढी चासो छ। खासगरी हाम्रोमा राजनीतिक कारणले गर्दा जुन संकटहरु आउने जाने गरेका छन्। संकट लामो समयदेखि छ। र त्यो संकटले केही न केही लिएर जाँदै छ। पहिलाको संकटले पञ्चायत लग्यो। फेरि यो संकट समाधान भएको थिएन। त्यो फेरि बाहिर निक्लियो। र, त्यसले राजालाई लग्यो। संविधान सभाको विघटनपछि त्यसले गणतन्त्रलाई नै अन्तै लैजान्छ कि भन्ने अवस्था थियो। तर अर्को संविधान सभाको निर्वाचन गर्‍यौँ, भूकम्पपछि तत्काल संविधान निर्माणमा जुट्यौँ। संविधान घोषणा लगत्तै भारतले नाकाबन्दी गरेको हुनाले मुलुक त्यता लाग्यो। 

यसरी यी संकटबाट हामी छल्लिँदै आयौँ। अहिले उठ्दै गरेका संकटहरु जुन छन्, ती समाधान हुनेतर्फ हामी जाँदै छौँ। त्यसैले गर्दा, मैले भविष्यमा संकट देख्छु र आउने ४-५ वर्षमा संकट देख्छु। र यो संकट अहिले भएकै पर्टीभित्र जबर्जस्त सुधार भयो भने, त्यो प्रक्रिया पार्टीभित्र सुधार गरे भने धेरै राम्रो हुन्छ। यदि पार्टीभित्रबाट त्यो संकट सुधार गर्न सचेत रहन सकेनौँ भने अलि ठूलो संकटमा पर्छौँ। त्यसैले गर्दा म आज स्वतन्त्र छु तर फेरि पार्टी नसुध्रिने हो भने मुलुक डरलाग्दो संकटमा जान्छ भन्ने मलाई लाग्छ। यो निर्वाचन पछि म यो संकट, यो मुद्दामा अपील गर्छु। तपाईंले भने जस्तै म संकट देख्छु। पार्टीहरुले नै समाधान गरे क्रान्ति जोगिन्छ। नत्र भने क्रान्तिमाथि, यो संघीय लोकतान्त्रिक गणतन्त्र जुन बनेको छ, यो क्रान्तिमाथि नै संकट आउन सक्छ भन्ने लाग्छ।

No description available.

तपाईं पार्टीबाट विद्रोह गरेर स्वतन्त्र हुनुहुन्छ। जुन सोच राखेर चुनाव लडिराख्नुभएको छ। यिनै विषयलाई लिएर जाँदै हुनुहुन्छ कि उनीहरुका विषयवस्तु लिएर जानुहुन्छ?

यो क्षेत्रका मतदाताहरुमा देश र राजनीति कसरी बिग्रिरहेको छ भन्ने बारेमा सजगता छ। यसले गर्दा मैले आज संविधानको प्रश्न किन महत्त्वपूर्ण बन्यो भने, राष्ट्रिय राजनीतिको मुख्य भागमा यो मुद्दा बन्न आयो भन्ने कुरा मैले बताउने गरेको छु। त्यसलाई हाम्रो क्षेत्रका आम मतदाताले राम्ररी सुन्नुभएछ। र, दोस्रो यस क्षेत्रको विकास निर्माणका कुरा पनि मैले भन्ने गर्छु। खासगरी मेरो क्षेत्रका समस्याहरु यो पश्चिम, दक्षिण अलि विकसित छ। उत्तर, पूर्व अलि कम विकसित छ। खासगरी पूर्वधारको विकास जस्ता मुद्दा मैले सँगसँगै उठाएको छु। 

तस्बिरहरू: निमेषजंग राई/नेपाल लाइभ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : हालसम्म १ हजार १ सय २७ जनाको शव फेला
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु
दुई वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : हालसम्म १ हजार १ सय २७ जनाको शव फेला बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु बुधबार, भदौ १७, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम बुधबार, भदौ १७, २०८३
टनेलमा फसेकाहरूको पीडित परिवारलाई ऊर्जामन्त्रीले भने– सरकार तपाईहरूसँगै छ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्