महेन्द्रनगर– गोली प्रहार गरी धनुषामा एक युवकको हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेसन हल्ट नजिकै शुक्रबार एक युवकलाई गोली हानी हत्या गरिएको हो। हत्या हुनेमा कमला नगरपालिका–८ सोनापार बस्ने २५ वर्षीय राजेश यादव रहेका छन्। यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो।
घटनास्थलबाट ज५प ६३२१ नम्बरको मोटरसाइकल बरामद भएको छ भने एक थान पेस्तोलसहित तीन राउण्ड गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।