पोखरा– चोरी गरेर भाग्ने क्रममा भीरबाट लडेर शुक्रबार लमजुङमा एक जनाको मृत्यु भएको छ। मृत्यु भएका अन्दाजी १९/२० वर्षीय ती व्यक्तिको परिचय नखुलेको प्रहरी जनाएको छ।
लमजुङ क्वहोलासाेंथार–९, छापा बस्ने मरिचमान गुरुङको पसलमा बाकसमा रहेको पैसा चोरेर भाग्ने क्रममा लडेर उनको मृत्यु भएको हो। पसलमा ४ जनाको समूह आएर बाकस चोरेर भागेका थिए।
चोरेर १५ सय मिटर टाढा मध्ये नेपाल नगरपालिका–८, करापुमा रहेको भीरबाट खस्दा उनको ज्यान गएको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए। उनी भीरदेखि अन्दाजी ३ सय मिटर तल खसेका थिए।
चोरी गरेर भागेका लमजुङको क्वहोलासाेंथार–९ छापाका ३० वर्षीय बुद्धिबहादुर गुरुङलाई स्थानीयले नियन्त्रण लिई प्रहरीलाई बुझाएका छन् भने बाँकी २ जना फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।