काठमाडौं– नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले संवैधानिक परिषद्ले सिफारिस गर्नुअघि नै दिपकराज जोशीको अभिलेखहरु छानविन हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस संसदीय दलको बैठकपछि प्रतिक्रिया दिँदै प्रमुख सचेतक खाँडले संवैधानिक परिषद्मा प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुखहरु तथा प्रमुख प्रतिपक्षहरुबाट प्रधानन्यायाधीशमा सिफारिस गरिएको बताए। ‘सिफारिस हुनुभन्दा अघि नै जोशीका अभिलेखहरु अनुसन्धान हुनुपर्ने थियो। अभिलेखमा कमीकमजोरी भएको भए संवैधानिक परिषद्ले अध्ययन गर्नुपर्ने थियो।’उनले भने।
नेता खाँडले संवैधानिक परिषद्ले सर्वसहमतीबाट नै जोशीको सिफारिस भएको जनाउँदै सोहि अनुरुप नै अनुमोदन गरियोस् भन्ने कांग्रेसको धारणा रहेको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।