काठमाडौँ – अाजदेखि २ नेपालीसहित ३ विदेशी फिल्महरु प्रर्दशनमा आएका छन्। नेपाली फिल्म अन्तर्गत आर्यन सिग्देल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य अभिनय रहेको ‘कायरा’ र अनुप बिक्रम शाहीको मुख्य अभिनय रहेको ‘झमक बहादुर’ प्रर्दशनमा आएका छन्।
त्यसैगरि विदेशी फिल्महरुमा हलिउड फिल्म ‘द डार्केस्ट माइड्स’ र ‘क्रिस्टोफर रोबिन’ तथा वलिउड फिल्म ‘फन्ने खान’पनि नेपाली फिल्महलमा प्रर्दशनमा आएका छन्।
फिल्म कायरा
लक्ष्मण रिजालको निर्देशनमा तयार भएको फिल्म कायरा लभस्टोरि जनरामा निमार्ण भएको फिल्म हो। फिल्ममा प्रेम जोडीका रुपमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी देखिएका छन्। अभिनेता आर्यनकै लेखन रहेको कायरालाई नेपाल र फिलिपिन्सका विभिन्न स्थानमा छायांकन गरिएकाे हाे।
आर्यन र साम्राज्ञीका साथ शिशिर राणा, हितेस शर्मा, मिरषा श्रेष्ठलगायतको अभिनय रहेको फिल्म शुक्रबाट देशभर करिब ८०वटा स्क्रिनमा प्रर्दशनमा आएको छ।
फिल्म झमक बहादुर
भोमन कटुवालको निर्देशनमा तयार भएको फिल्म झमक बहादुर पनि अाजबाट प्रर्दशनमा आएको छ। सामाजिक कथा बस्तुमा आधारित यस फिल्ममा अभिनेता अनुप विक्रक शाही मुख्य भुमिकामा रहेका छन्।ट्रेलरका आधारमा बलिउड फिल्म मुम्वई एक्प्रेसको हुवहु चोरिएको भन्ने आरोप फिल्मले खेपेकाे छ। तर, फिल्म यस्तो नरहेको ‘झमक बहादुर’ टिमले दावी गर्दे आएको थियो।
फिल्ममा सुन तस्करी, लुटपाट र अपहरण जस्ता बिषयलार्य उठान गरिएको छ। जसका कारण फिल्म प्रर्दशनको संघारमा आएर सेन्सरपास हुन सकेको थिएन। तर अन्तमा फिल्मले केही साउण्डलाई म्युट र विप गराएर प्रर्दशनका लागि सेन्सर प्राप्त गरेको थियो। मिनकुमार तामाङ निर्मित ‘झमक बहादुर’ मा यादब देवकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्मका निर्देशक भोमन कटुवालका अनुसार शुक्रबारमात्र फिल्म झमक बहादुरले प्रर्दशनका लागि ५४ वटा स्क्रिन प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।