काठमाडौं– प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अनुमोदन नगर्ने पक्का भएको छ। शुक्रबारको बैठकमा दुई तिहाईभन्दा धेरै सांसद जोशीको विरुद्धमा उभिएपछि मतदानबाट निर्णय हुँदैछ।
मतदानको तयारीका लागि १५ मिनेटका लागि बैठक स्थगित भएको छ। समितिका १५ सदस्यमध्ये कांग्रेसका ४ सदस्य छन्। सघीय समाजवादी फोरम र राजपाका १/१ सदस्य छन्। समितिमा नेकपाका ९ सांसद छन्। फोरमका तर्फबाट समितिमा सदस्य रहेका राजेन्द्र श्रेष्ठ नेकपाकै पक्षमा छन्। दुई तिहाईका लागि १० मत आवश्यक हुन्छ।
जोशीको विषयमा फोरमको मत निर्णायक हुने भएको छ। आफ्नो मत निर्णायक भए मात्र समितिको सभापति रहेका राजपाका सांसद लक्ष्मणलाल कर्णले मत दिन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।