राजविराज– जवरजस्ती करणी मुद्दाका फरार एक अभियुक्तलाई सप्तरी प्रहरीले करिब ३ वर्षपछि पक्राउ गरको छ।
२०७२ भदौ १ मा १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका तत्कालीन काचन गाविस २ का २२ वर्षे धर्मेन्द्रकुमार दासलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
‘फरार प्रतिवादी पक्राउ अभियान’ अन्तर्गत खोजतालसका क्रममा प्रहरीचौकी काचनको टोलीले दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए।
सप्तरी जिल्ला अदालतले दासलाई ८ वर्ष कैदको फैसला सुनाएको छ। उनलाई बिहीबारै जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको रिमालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।