काठमाडौं– रोटरी क्लब अफ कान्तिपुरको अध्यक्षमा अवकाशप्राप्त अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल चयन भएका छन्। बुधबार आयोजित एक कार्यक्रममा उनले जिम्मेवारी सम्हालेका छन्।
कान्तिपुर क्लब अफ काठमाडौं विश्वमा प्रसिद्ध संस्था रोटरी इन्टरनेशल डिस्ट्रिक ३२९२ अन्र्तगतका करिब ९० वटा क्लबमध्ये हो। ३२९२ वटा डिस्ट्रिक अन्र्तगत नेपाल र भुटान पर्दछ।
रोटरी क्लब अफ काठमाडौंले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ। हाल क्लबले मकवानपुरमा ‘आङ खस्ने’ रोगबारे सचेतना तथा उपचार गर्दै आएको छ।
त्यस्तै सिन्धुपाल्चोक,पर्वत,नवलपरासी, नुवाकोट र सिन्धुलीमा बिद्यार्थीहरुलाई छात्रवृत्ती दिदै आएको छ। कमजोर आर्थिक अवस्था भएका बिद्यार्थीलाई क्लबले छात्रवृत्ति दिदै आएको छ। जसमा ३ सय भन्दा धेरै लाभान्वित भइसकेका छन्।
नागढुंगामा हालै खानेपानी तथा सरसफाई सम्बन्धि एक प्रोजेक्ट सम्पन्न भएको छ भने काठमाडौंकै खानीडाँडमा त्यससम्बन्धि अर्काे प्रोजेक्ट चलिरहेको छ।
भूकम्पबाट पीडितहरुलाई पनि क्लबले सहयोग गर्दै आएको छ। मकवानपुरको भिमफेदीमा भूकम्पबाट घर भत्किएकाहरुलाई क्लबले सहयोग गरेको छ। यूनिभरसिटी अफ बार्सिलोन र एमिक्स डे नेपाल संस्थाको सहयोगमा घर बनाउने काम गरिरहेको छ।
ढकाल सन् २०१८÷१८ लागि अध्यक्ष चयन भएका हुन्। सामाजिक काममा रोटरी क्लब अफ काठमाडौंलाई अझै सक्रिय बनाउने उनले बताएका छन्। कार्यक्रममा डिस्ट्रिक गर्भनर चिन्तामणि भट्टराई लगायत उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।