काठमाडौं– भदौ ५ गतेभित्र प्रदेश तथा जिल्ला कमिटीहरुको एकिकरण प्रक्रिया टुंग्याउन नेकपाले तल्लो तहलाई सर्कुलर जारी गरेको छ । विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा वसेको नेकपाका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो।
अध्यक्षद्धय केपि शर्मा ओली र प्रचण्डको साथमा महासचिव विष्णु पौडेल सहभागी भएको बैठकले तल्लो तहका एकिकरण टुङ्याउन निर्देशन दिएको छ।
साउन २५ भित्र केन्द्रीय सचिवालयलाई कार्यदलले प्रतिवेदन वुझाउन निर्देशन गरिएको छ । साथै भदौ १५ भित्र प्रदेश तथा जिल्ला कमिटीको प्रथम बैठक आब्हान गरिएको छ।
जनवर्गिय संगठनहरुमा पनि सोहि अनुरुप मिति तय गरिएको छ । एकिकरणबाट गठन हुने जनवर्गिय संगठनको पदाधिकारीमा संयोजक र आवश्यकता अनुसार सह– संयोजकहरु राख्ने व्यवस्था गरिएको छ।
विशेष जिल्ला समिती,सम्पर्क समन्वय समिती र प्रदेश सम्पर्क समिति ,स्वास्थ्यकर्मी संगठन र निर्माण व्यवसायी सङ्गठन एकिकरणका लागि नेताहरु रहेको कार्यदल बनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।