• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
सिन्धुपाल्चोक–१

‘मेरो प्रतिस्पर्धा हामीसँगै हो, कति फराकिलो अन्तरले निर्वाचन जित्ने भन्ने मात्रै बाँकी छ’

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ९, २०७९  १४:०३
1140x725

सत्ता गठबन्धनमा सिट बाँडफाँटको रस्साकस्सी चलिरहँदा सबैभन्दा चासोका साथ हेरिएको निर्वाचन क्षेत्र थियो सिन्धुपाल्चोक–१। अघिल्लो चुनावमा निवर्तमान सभामुख अग्नि सापकोटाले जितेको उक्त क्षेत्रमा माओवादी केन्द्रको ‘स्वभाविक’ दाबी थियो। नेपाली कांग्रेसका नेता मोहन बस्नेत आफूले टिकट नपाए ‘बिद्रोह’ गर्ने चेतावनी दिइरहेका हुन्थे। अन्तत: बस्नेतको निर्वाचन क्षेत्र नै परिवर्त गरेर सिन्धुपाल्चोक १ माओवादीको भागमा पर्‍यो। 

अग्नि सापकोटाले फेरि पनि उम्मेदवार बन्ने ‘रुचि’ देखाएनन्। माओवादी केन्द्रबाट माधव सापकोटा ‘सुवोध’ उम्मेदवार बने। सुवोधसँग मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका सरेश नेपाल उम्मेदवार छन्।  

गठबन्धन नै भत्किने अवस्थामा पुग्नसक्ने आशंकाका बीच ‘सहज’ रुपमा भागबण्डा मिलेको सिन्धुपाल्चोक १ मा चुनावी तयारी, चुनावी अजेन्डा लगायत विषयमा गठबन्धनका साझा उम्मेदवार सुवोधसँग नेपाल लाइभले गरेको कुराकानी: 

भागबण्डा मिलाउन निकै सकस परेको क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार बन्नुभएको छ। जनताले पनि पत्याउँछन् भन्नेमा कति आशावादी हुनुहुन्छ? 
मंसिर ४ गतेको निर्वाचनका लागि हामी हाम्रो कुरा बुझाउन जनताका माझमा छौँ। अहिलेसम्म माहोल समग्रमा रामो छ। मतदाताले सकारात्मक प्रतिक्रिया दिएका छन्। अहिले हामी, मुख्यत: गठबन्धन भित्रका नेताका कार्यकर्ताका भेला छलफल अन्तर्क्रियाहरु चलाइरहेका छौं। गठबन्धनको निर्वाचन परिचालन समितिहरु बनाउने, त्यसभित्र छलफल गर्ने। कार्यकर्ताहरु भेला गर्ने। यस्तै अगुवा कार्यक्रममा पनि बढी केन्द्रित रहेका छौं। समग्रमा हामीले उत्साहजनक  प्रतिक्रिया पाएका छौं। अब हामी मतदातमा आफ्ना कुरा लिएर जाने अन्तिम तयारी अवस्थामा छौं।

मतदाताले किन मत दिने? मंसिर ४ को निर्वाचनलाई लक्षित गरेर यो प्रश्न व्यापक बनेको छ। सिन्धुपाल्चोक १ का मतदाताबाट पनि तपाईंले यो प्रश्नको सामाना गर्नुपर्ला नि ?
म यस क्षेत्रको युवा उम्मेदबार हुँ। मैले के भनेको छु भने म युवा समुदायको चर्चित उम्मेदवार पनि छु। युवा हुनको नाताले अहिलेका समस्या र सवालहरुमा केही न केही परिवर्तन ल्याउनेगरी काम गर्छु भन्ने कुरा गरेको छु। दोस्रो कुरा भौतिक पूर्वधार लगायतका विकास निर्माण जनताले माग गरेका कुराहरु छँदैछ। त्यसका अलावा शिक्षा, सवास्थ्य, आयआर्जन, स्वरोजगारका क्षेत्रमा संघ प्रदेश र स्थानीय सरकार, दातृ निकाय र निजी क्षेत्रका साधान स्रोतहरुलाई केन्द्रित गरेर आय आर्जन, स्वरोजगारका क्षेत्रमा  केही न केही नमूनायोग्य कामहरु सुरु गर्छाैँ। रोजगारी चाहानेलाई रोजगारीको अवसर– रोजगार मात्रै होइन, आफैँ स्वरोजगार बन्छु, उद्यम गर्छु भन्नेलाई वातावरण बनाउने योजना पनि छन्। यसको प्रत्यक्ष रुपमा बजार व्यवस्थापन लगायतका कुराहरु स्थानीय सरकारमार्फत् सम्पादन गर्ने मोडेलमा संम्वन्वयनकारी भुमिका खेल्छु भन्ने प्रतिबद्धता व्यक्त गर्दै हिँडेको छु।

nimb
nimb
Ncell 2
Ncell 2

निवर्तमान सभामुख अग्नि सापकोटा र कांग्रेस नेता मोहन बस्नेतको ‘बिरासत’ जोडिएको क्षेत्रका रुपमा लिइन्छ, सिन्धुपाल्चोक १ लाई। तपाईंलाई त्यो ‘विरासत’ थेग्नुपर्ने चुनौती कत्तिको छ?  
मतदातालाई मैले के भनिराको छु भने सभामुखले यसपटक आफू नउठेर, त्याग गरेर उहाँकै प्रस्तावमा नेकपा माओवादी केन्द्रले मलाई उम्मेदवार बनाएको हो। यही क्षेत्रबाट दुई–दुईपटक जित हासिल गर्नुभएको मोहन बस्नेत अर्को क्षेत्रमा सरेर, गठबन्धनले यहाँ माओवादीलाई दियो। 

यसरी हेर्दा दुवैजना (अग्नि सापकोटा र मोहन बस्नेत)ले म युवा र नयाँ अनुहारका लागि त्याग गर्नुभएको रुपमा मैले लिएको छु। म त्यसको सम्मान र मूल्याङ्कन गर्दै निर्वाचनको प्रचारमा छु। जनताका बीचमा यी कुरा स्थापित गर्न चाहन्छु। मैले के भनेको छु भने उहाँहरुले थालनी गरेर, उहाँहरुले जनताका बीचमा प्रतिबद्धता गरेर बाँकी रहेका, अधुरा कामहरु जे छन् ती काम, कुरालाई पूरा गर्नु मेरो पहिलो दायित्व हुन्छ। त्यसका साथमा जनताहरुको आवश्यकता र नेताको रुपमा मैले काम गर्ने छु। आवशयकताअनुसार नेतृत्व गर्ने र मूलत शिक्षा, स्वास्थ्य आयआर्जन र स्वरोजगाका क्षेत्रमा संयोजनकारी भूमिका साथ कामको नेतृत्व गर्ने मेरो योजना हो। 

स्थानीय तहको मतपरिणामअनुसार तपाईंको क्षेत्रमा गठबन्ध बलियो नै देखिन्छ। तर नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट पाउनुपर्ने सहयोग प्राप्त हुन्छ भन्नेमा कति विश्वास छ? 
मैले अघि पनि भनिसकेँ, हामी जिल्लास्तर र क्षेत्रीयस्तरमा बसेर गठबन्धन दलहरुका बीचको छलफलबाट जिल्ला क्षेत्र, पालिका र वडास्तरको गठबन्धनको साझा परिचालन संयन्त्र विकास गरिसकेका छौँ। अब त्यसमा कहीँ पनि व्यक्तिगत रुपमा, संस्थागत रुपमा गठबन्धनका बारेमा सिन्धुपाल्चोकमा कुनै दुविदा छैन। अब संस्थागत रुपले एकताबद्ध भएर जाने भन्ने कुरा यहाँ कार्यरत र गठबन्धनका अस्तित्वमा रहेका हामी मूलत ४ वटा पार्टीहरु छौँ। ४ वटै पार्टीका जिल्ला समितिले गठबन्धनमा इमान्दार ढङ्गले जान नेता कार्यकर्तालाई निर्देशन भइ साझा संयन्त्र नै हामीले वडास्तमरमा गठन गरिसकेका छौँ। र वडा तथा पालीकास्तरमै गठबन्धनका शीर्षनेता र कार्यकर्ताहरुको भेला चलिराख्या छ। यसरी हेर्दा संस्थागत रुपमा गठबन्धन सुदृढ हुँदै गएको छ।

संस्थागत रुपमा केही जटिल छैन। व्यक्तिगत रुपमा केही गुनासो, केही विषयहरु बाँकी छ। त्यो कुरा हामी जनताकामा भोट माग्दै जाँदा छलफल र अन्तर्क्रिया गरेर सुल्झाउछौँ।  यस बीचमा नमिलेका, बाँकी रहेका कुरा मिलाउछौँ। संस्थागत रुपामा चाहिँ गठबन्धनको कुरा टुङ्गिसकेको छ। मिलेकै छ।

मतदाताले मत दिनै पर्ने तपाईंका आधार तथा अजेण्डा के–के हुन?
खास गरीकन विकासको मोडेललाई योजनाबद्ध ढङ्गले, उत्पादन गर्ने एउटा टोल एउटा गाउँले जे माग्यो त्यही कुराका आधारमा मात्र होइन कि आवश्यकताका आधारमा दीर्घकालिन ढङ्गले सोचाइ राखेर हामीले बनाएका पूर्वाधार क्षेत्रका विकास निर्माणहरुको एउटा दिगोपनमा आधारित योजना हामीले ल्याएका छौं। अहिले एउटा गाउँमा गयो, माग भयो। त्यही आधारमा विकास गर्दिहाल्ने जस्तो भन्दा पनि त्यसले दूरगामी र दीर्घकालीन रुपमा कति महत्व राख्छन्?  कति के हुन्छ ? भन्ने कुरा समेत लेखाजोखा नकगरिकन गर्ने,  योजनाबद्ध भन्दा पनि भैपरी आउने तरिकाले गर्ने चलन अन्त्य गरेर योजनाबद्ध विकास निर्माणको मोडललाई अपनाउने भन्ने छ। त्यसपछि शिक्षा, स्वास्थ्य, आयआर्जन र स्वरोजगारको क्षेत्रमा व्यवस्थित तवरले, योजनाबद्ध ढङगले अगाडि बढाएर प्रत्यक्ष रुपमा आर्थिक, सामाजिक, सांस्कृतिक जीवनस्तरमा निर्वाचन क्षेत्रका मतदाता र जनताहरुको परिवर्तन ल्याउने गरिकन काम गर्ने भन्ने अजेण्डा छन्। 

तपाईंले आफ्नो प्रतिस्पर्धीलाई कसरी हेर्नुभएको छ? 
गठबन्धन इमान्दार भएर जाँदा हाम्रो प्रतिस्पर्धा हामी सँगै हो। हामीसँगैको प्रतिष्पर्धा हो भने गठबन्धन घटकहरुसँग भएको मतलाई राखेर कति फराकिलो मत अन्तरले चुनाव जित्ने भन्ने कुरा मात्रै बाँकी हो भन्ने मलाई लाग्दछ। 

गठबन्धनभित्र इमान्दारितापूर्वक जाँदा हामी लोब्बर मतले प्रतिष्पर्धीलाई पराजित गर्छौँ। अहिले हाम्रो प्रतिस्पर्धी हामी नै हौँ। गठबन्धनलाई इमान्दार ढङ्गले लैजाने गरीकन आँफैभित्र प्रतिस्पर्धा र व्यवसथापनको काममा लागेका छौँ।

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १४:०३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्