• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन १६, २०८३ Sat, Aug 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सिन्धुपाल्चोक  १ : सभामुखको बिरासत जोगाउने दौडमा सुवोध, चुनौती दिँदै अनुभवी सरेश, निर्णायक कांग्रेस

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ९, २०७९  १०:१३
1140x725

काठमाडौं- सत्ता गठबन्धनमा निर्वाचनको टिकट वितरण गर्दा सबैभन्दा सकस परेको क्षेत्रमध्ये एक थियो, सिन्धुपाल्चोक- १।

निर्वतमान सभामुख अग्नीप्रसाद सापकोटा निर्वाचन भएको क्षेत्र भएका कारण सत्ता गठबन्धनभित्र यो क्षेत्रमा दुईपक्षीय दावी अन्तिम समयसम्म परेको थियो।

उक्त क्षेत्रमा २०७४ सालको निर्वाचनबाट सापकोटा निर्वाचित भएका थिए भने तत्कालीन सरकारका प्रवक्ता समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत पराजित भएका थिए।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका बस्नेत यस पटक कुनै पनि मूल्यमा टिकट ल्याउने अनि जित निकाल्ने दाउमा थिए। २०७४ सालमा पराजित भए पनि उनी गाउँमा केन्द्रित भएर सक्रिय भइरहेका कारण यस पटक टिकट जसरी पनि पाउनुपर्ने दावी पार्टीमा गरिरहेका थिए। 

माओवादी केन्द्रले पनि उक्त क्षेत्र आफूहरुले पाउनुपर्ने अडान लियो। सत्ता गठबन्धनभित्र रहेका दुवै पार्टीको दावीका बीचमा अन्तत: माओवादीले नै उक्त क्षेत्र पायो। नेपाली कांग्रेसले क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको उम्मेदवार पाउने भयो। उक्त सहमति अनुसार  क्षेत्र नम्बर १ मा माधव सापकोटा ‘सुबोध’ र क्षेत्र नम्बर २ मा मोहन बस्नेत उम्मेदवार हुने भए।

प्रदेशमा नेपाली कांग्रेस र माओवादीले एक-एक क्षेत्र पायो। उक्त क्षेत्रमा नेकपा एमालेको उपस्थिति पनि बलियो रहेको छ। नेकपा एमालेले उक्त क्षेत्रमा प्रदेश सांसद सरेश नेपाललाई अघि सारेको छ। 

माओवादीका नयाँ अनुहार सुबोधको चुनौती 
सभामुख सापकोटाले यस पटक प्रतिनिधि सभाको निर्वाचन आफू नलड्ने घोषणा गरे। २०७४ सालको निर्वाचनमा लोकप्रिय मत ल्याएर जित हात पारेका थिए उनले। नेपाली कांग्रेसका उम्मेदवार बस्नेतलाई पराजित गर्दा उक्त क्षेत्रमा वाम गठबन्धन थियो। तर यस पटक नेपाली कांग्रेससँग गठबन्धन छ। 

सापकोटाले उक्त क्षेत्र आफ्नै परिवार भित्रका सुवोधलाई यस पटक अवसर दिनुपर्ने बाध्यताका बीचमा उम्मेदवार नहुने घोषणा गरेका थिए। यसरी टिकट पाएका सुबोधका लागि एमाले उम्मेदवार नेपाल सहज भने छैनन्।

nimb
nimb
Ncell 2
Ncell 2

उनी जिल्ला विकास समितिका पूर्व सभापति, प्रदेश सांसद हुँदै प्रदेश मन्त्रीको रुपमा उक्त क्षेत्रमा प्रभावशाली नै रहेका छन्। तल्लो तहदेखि नै राजनीतिमा उठेर आएका कारण नेपाललाई पराजित गरेर सभामुख सापकोटाको बिरासत जोगाउन सुबोधलाई सहज भने छैन।

सापकोटा परिवारको राजनीतिक वर्चस्व कायम राख्नुपर्ने भएकाले कुनै पनि अवस्थामा निर्वाचनमा जित हात पार्ने दाउमा माओवादी रहेको छ।

त्यस्तै एमाले उक्त क्षेत्रका राप्रपा र नेपाली कांग्रेसका असन्तुष्टहरुलाई उपयोग गर्दै जित हात पार्ने दाउमा छ। अघिल्लो पटक वाम गठबन्धनको कारण  आफ्नो भोट अग्नीलाई दिएकाले नदेखिएको तर जित भने सहज रुपमा हुने एमालेका उम्मेदवार नेपालले बताए। विगतभन्दा यस पटक संगठनमा पनि उत्साह देखिएकाले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा सहज रुपमा जित हात पार्ने प्रदेश सभाका उम्मेदवार होमनारायण श्रेष्ठले बताए। 

कांग्रेसका बागी
नेपाली कांग्रेसका तीन जना नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा भक्त भण्डारी र रामकुमार जिसीले उम्मेदवारी दर्ता गराएका छन्। भण्डारी स्थानीय निर्वाचनमा एमाले छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। जिसी सुनकोसी गाउँपालिका- २ का इकाई सभापति हुन्।

स्थानीय निर्वाचनमा सुनकोसी गाउँपालिकामा नेकपा एमाले र माओवादीबीच गठबन्धन भएको थियो। उक्त निर्वाचनमा आफूलाई हराउन एमालेसँग माओवादी मिलेका कारण यस पटक आफूले पनि जित्न नदिने उनको दावी छ।  

समाजवादीले भाग नै पाएन 
सिन्धुपाल्चोकका दुवै क्षेत्रमा एकीकृत समाजवादीको प्रभाव राम्रै रहेको छ। समाजवादीले प्रदेश सभामा टिकटको आस गरेको थियो। तर उनीहरुले कुनै पनि क्षेत्र पाउन सकेनन्। यही कारण एकीकृत समाजवादीका कोही पनि नेता कार्यकर्ता मनोनयनका क्रममा सहभागी भएनन्। तर पछिल्ला दिनहरुमा भने उनीहरु गठबन्धनमा खुल्न थालेका छन्। 

एकीकृत समाजवादीको मत आफूतिर तान्ने प्रयासमा दुवै उम्मेदवार छन्। एकीकृत समाजवादीले चौतारा साँगाचोक गढी नगरपालिकामा स्थानीय निर्वाचनमा माओवादीसँग तालमेल गर्दै लडेको थियो। उपप्रमुखको रुपमा सीता थापाले जित हात पारेकी थिइन्। 

तत्कालीन समयमा एकीकृत समाजवादीसँग गठबन्धन बनाउनेमध्येका एक सूत्रधार सुबोध पनि भएकाले उनले समाजवादीको मत पाउने माओवादी दावी छ। तर एमालेले भने विगतमा एमालमै सक्रिय रहेका ती नेता कार्यकर्ताहरुलाई आफूतिर फर्काएर जित हात पार्ने रणनीति बनाएको छ। 

कांग्रेसले भर गर्न नसकेका दुई कारण 
उक्त क्षेत्रमा सुबोधको सक्रियतामा भएका दुई वटा घटनाले नेपाली कांग्रेसका नेता कार्यकर्ताले विश्वास गर्न सकेका छैनन्। त्यसको स्पष्ट उदाहारण केही दिनअघि चौतारामा गठबन्धनका तर्फबाट भएको कार्यक्रममा देखियो। कार्यक्रममा सबैको नेतृत्व गरेका नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले सापकोटालाई वास्तै गरेनन्। आफ्नै क्षेत्रका उम्मेदवारहरु युवराज दुलाल र सरल सहयात्रीलाई सहज रुपमा लिएका उनले सापकोटालाई वास्तै गरेनन्।

पटकपटक सापकोटाले उनीसँग कुरा गर्न खोजेका थिए। बस्नेतले अझै पनि माओवादीलाई शंकामै राख्दै सार्वजनिक भाषणमै कांग्रेसबाट कुनै अविश्वास र धोका नहुने तर सत्ता गठबन्धनभित्र तलमाथि भए कसैलाई पनि राम्रो नहुने चेतावनी दिए।  

यसरी शंका हुनुको पहिलो कारण वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा सुनकोसी गाउँपालिकामा केन्द्रित नीति विपरीत भएको गठबन्धन र जिसस निर्वाचनमा पाएको धोका हो।

तत्कालीन समयमा देशभर कांग्रेस र माओवादीले गठबन्धन गरेर निर्वाचनमा भाग लिइरहँदा उक्त गाउँपालिकामा एमाले र माओवादी केन्द्रले तालमेल गरेका थिए। उक्त निर्वाचनमा गाउँपालिका अध्यक्ष एमालेले जितेको थियो भने उपाध्यक्ष नेपाली कांग्रेसले जित्यो।

त्यस्तै स्थानीय निर्वाचनपछि जिससको निर्वाचनमा पनि पनि माओवादी केन्द्रले धोका दिएको कांग्रेसको बुझाइ छ। कतिपय स्थानीय तहमा तालमेल गरेर प्रतिनिधि निर्वाचित गराएको तर जिसस गठनको समयमा एमालेसँग तालमेल गर्दै आगामी निर्वाचनमा वाम गठबन्धन हुने भन्दै प्रचार गरेको कुरालाई कांग्रेसीहरुले नोटिस गरिरहेका छन्। 

स्थानीय तहमा कांग्रेसको अग्रता 
क्षेत्र नम्बर १ मा एक नगर र पाँच गाउँपालिका साथै एक नगरको आधा क्षेत्र पर्छ। क्षेत्र नम्बर १ मा बाह्रबीसे नगरपालिका,त्रिपुरासुन्दरी, लिसंखु पाखर, सुनकोसी, भोटेकोसी, जुगल,  बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाकोको  वडा नम्बर २, ३, ४, ९ र १० पर्छन्।

अघिल्लो पटक वाम गठबन्धन हुँदा उक्त निर्वाचन क्षेत्रमा तीनै क्षेत्र एमाले-माओवादी उम्मेदवारले जित हात पारेका थिए। प्रतिनिधि सभामा माओवादीका सापकोटा र प्रदेशमा एमालेका उम्मेदवारहरुले जितेका थिए।

उक्त क्षेत्रमा १ लाख ३० हजार मतदाता रहेका छन्। २०७४ सालको निर्वाचनमा सापकोटाले ४० हजार ५ सय पाएका थिए भने बस्नेतले २९ हजार ८ सय मत पाएका थिए। यस पटक पनि उक्त क्षेत्रमा सोही बराबर मत ल्याउनुपर्ने देखिन्छ। स्थानीय तहको मत हेर्दा नेपाली कांग्रेस पहिलो पार्टीको रुपमा देखिन्छ। 

१०३ वटा वडामध्ये नेपाली कांग्रेसभन्दा एमाले १० वटामा पछाडि परेको थियो। कांग्रेसभन्दा एमाले १५ हजार मतले पछाडि रहेको स्थानीय तह निर्वाचनको तथ्यांक भएकाले आफूहरु सहज रुपमा गठबन्धनबाट जित हात पार्ने माओवादी उम्मेदवार सुवोधको दावी छ।

तर, एमालेका उम्मेदवार नेपाल यो कुरालाई अस्वीकार गर्छन्। स्थानीय तहमा वडाध्यक्षले पाएको मत अहिलेको परिस्थितिमा निर्णायक नहुने उनको दावी छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १०:१३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन
कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालयमा एक युवकको मृत्यु
कार्यकर्तालाई सभापति थापाको सुझाव: लाइफ र लाइकबिच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुहोला
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन शनिबार, साउन १६, २०८३
कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालयमा एक युवकको मृत्यु शनिबार, साउन १६, २०८३
कार्यकर्तालाई सभापति थापाको सुझाव: लाइफ र लाइकबिच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुहोला शनिबार, साउन १६, २०८३
धनुषामा पनि कर्फ्यु हट्यो, प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी शनिबार, साउन १६, २०८३
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
२१ शाखा अधिकृतको सरुवा (सूचीसहित) शुक्रबार, साउन १५, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्