काठमाडौं– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक वर्ष प्रदान गर्ने महानन्द साहित्य सम्मान यस वर्ष कवि तथा गीतकार किरण खरेललाई प्रदान गरिएको छ।
१२२औं महानन्द जयन्तीका अवसरमा गीतकार खरेलको निजी निवासमा एक औपचारिक कार्यक्रम गरी मंगलबार कवि विप्लव प्रतीक र निबन्धकार, पत्रकार दीपक सापकोटाले उक्त सम्मान प्रदान गरेका थिए। अनेसास, टेक्सास च्याप्टरले प्रदान गरेको पुरस्कारको राशी ५० हजार रुपैयाँ छ।
नेपाली भाषाको श्रीवृद्धिमा विशेष योगदान दिने साहित्यिक व्यक्तित्वहरूलाई यो सम्मान प्रदान गरिँदै आएको छ। सन् २०१२ देखि महानन्द सापकोटा साहित्यिक पुरस्कार गुठीले यो सम्मान प्रदान गर्न थालेको हो।
हालसम्म विप्लव प्रतीक, वसन्त थापा, गोविन्द वर्तमान, किशोर नेपाल र दुर्गालाल श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।