काठमाडौं– जडिबुटी चोकस्थित कोजिन गेष्ट हाउसमा छापा हानी प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। गेस्ट हाउसको कोठा नम्बर २०६ मा जुवा (कौडा) खेलिरहेका गेष्ट हाउस संचालक रामेछाप नाम्दी–४ घर भएका २० वर्षीय भुवन खड्का सहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
जुवा खालबाट प्रहरीले ४ लाख २० हजार ५ सय ५० रुपैयाँ तथा कौडा १५ थान सहित प्रहरीले बुधबार पक्राउ गरेको छ।
सो गेष्ट हाउसमा नियमित रुपमा जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। पेशेवर रुपमा नै त्यहाँ जुवा खेलाइने गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।