काठमाडौं– नेपालले बुधबार नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै एकदिवसीय खेलमा डेब्यू गर्यो। डेब्यूसँगै नेपालले केही उल्लेख्य रेकर्ड बनाएको छ।
उपकप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गर्ने रेकर्ड बनाए। अनिलकुमार साहसँग मिलेर ओपनिङ गरेका मल्लले ६१ बलमा ५१ रन जोडे। उनले ८ चौका प्रहार गरेका थिए।
मल्लले अनिलसँग मिलेर पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दा पनि रेकर्ड बनेको थियो। एकदिवसीय खेलमा डेब्यू खेलमा पहिलो विकेटका लागि भएको यो चौथो ठूलो साझादरी हो।
नेपालका लागि एकदिवसीय खेलमा पहिलो छक्का प्रहार गर्ने कीर्तिमान भने दीपेन्द्रसिंह ऐरीले राखे। ऐरीले इनिङमा नेपालका लागि एक मात्र छक्का प्रहार गरेका थिए।
कप्तान पारस खड्काले डेब्यू खेलमा चार विकेट लिए। एकदिवसीय खेलको डेब्यू खेलमा ४ विकेट लिने कीर्तिमान पारस सहित ३७ खेलाडीले राखेका छन्। पछिल्लो पटक डेब्यू एकदिवसीय खेलमा अफगानिस्तानका मुजिर उर रहमानले ४ विकेट लिएका थिए। उनले आयरल्यान्डविरुद्ध भएको खेलमा ४ विकेट लिएका थिए। नेपालका लागि पहिलो विकेट भने सोमपाल कामीले लिन सफल भए।
पहिलो एकदिवसीय खेल्ने नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, अनिलकुमार साह (विकेटकिपर)
राष्ट्रिय टिममा परे पनि सुवास खकुरेल, रोहितकुमार पौडेल, ललित भण्डारी र ललित राजवंशीले पहिलो एकदिवसीय खेल्ने खेल्ने टिममा स्थान बनाउन सकेनन्।
नेदरल्यान्ड्स – १८९ (४७.४ ओभर)
नेपाल – १३४ (४१.५ ओभर)
नेपाल ५५ रनले पराजित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।