काठमाडौं– सरकारले आगामी ९ महिना भित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले ९ महिना भित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने घोषणा गरेका हुन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए। मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेबाटै आन्तरिक उडान सुरु गर्ने तयारी पनि भइरहेको बताए।
मन्त्री अधिकारीले लुम्बिनीमा बुद्ध सर्किट निर्माण गर्न भारत सरकारसँग सहमति गरिएको पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।